विप्लव समूहसँग वार्ताको प्रक्रिया अगाडि बढेको छ : गृहमन्त्री थापा « Khabarhub

विप्लव समूहसँग वार्ताको प्रक्रिया अगाडि बढेको छ : गृहमन्त्री थापा


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


हेटौँडा– गृहमन्त्री रामबहादुर थापा (बादल)ले संविधान र राज्य विरोधी तथा विखण्डनकारी तत्वलाई वर्तमान सरकारले नियन्त्रण गर्दै शान्ति सुरक्षाको कार्यलाई व्यवस्थित एवं प्रभावकारी बनाएको बताएका छन् ।

गृहमन्त्रायद्वारा ३ नम्बर प्रदेशस्तरीय शान्ति सुरक्षा गोष्ठीको बुधबार उद्घाटन कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै उनले विकास एवं समृृद्धिका लागि शान्ति सुरक्षा अत्यन्त आवश्यक रहेको र त्यसतर्फ सरकार प्रतिबद्ध रहेको बताए ।

देशमा चोरी, तस्करी, गुण्डागर्दी, हिंसा र अपराध, भ्रष्टचार, अनियमितता लगायतका गैरकानूनी काम नियन्त्रण गर्न सरकारले विशेष अभियान शुरु गरेको बताउँदै गृहमन्त्री थापाले त्यस कार्यमा सरकार सफल पनि हुँदै गएको र शान्ति सुरक्षामा सुधार आएको बताए ।

हिंसाको बाटो अपनाएको नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता प्रक्रिया अगाडि बढेको बताउँदै गृहमन्त्री थापाले हिंसाको बाटो हिँड्ने कसैलाई नछोड्ने उल्लेख गरे । पत्रकारको जिज्ञासामा गृहमन्त्री थापाले नयाँ प्रहरी ऐन नआएको अवस्थामा पुरानो ऐनको आधारमा सङ्घ, प्रदेश र स्थानीय तहले शान्ति सुरक्षाको कार्य गरिरहेको बताए ।

गोष्ठीमा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख र नेपाली सेनाका उच्च पदस्थ पधाधिकारी लगायतका जिल्ला सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको छ ।

दुईदिने गोष्ठीमा शान्ति सुरक्षाका लागि जिल्ला र प्रदेशबाट समाधान गर्न सकिने समस्या र चुनौतीका लागि एकीकृत अवधारणा बनाउने उद्देश्य रहेको छ ।

गृहसचिव पे्रमकुमार राईको अध्यक्षतामा शुरु भएको सो कार्यक्रममा आर्थिक अपराध, सङ्घीयता, संविधान विरोधी र सुशासन कायम गर्ने र अपराध नियन्त्रण गर्ने विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ११ : ५३ बजे

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

काठमाडौं– नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन

एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर)

काठमाडौं- जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत

सडक किनारमा नगरपालिकाको बेसार खेती

धनकुटा– स्थानीय किसान तथा सामुदायिक वन समूहलाई उत्पादनमूलक कृषिमा प्रोत्साहन

बीस क्विन्टल गाँजासहित दुईजना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट