ऊर्जा मन्त्रीले भने- यसै वर्ष गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य राखेका छौँ « Khabarhub

ऊर्जा मन्त्रीले भने- यसै वर्ष गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य राखेका छौँ


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङको निसेलढोरमा यसै वर्ष केन्द्रीय विद्युत् सेवा विस्तार गर्ने बताएका छन् ।

बागलुङको प्रसिद्ध पर्यटकीयस्थल ढोरपाटनमा बिहीबार केन्द्रीय विद्युत् सेवा पुगेको उल्लेख गर्दै उनले त्यसको करिब ११ किलोमिटर टाढा अवस्थित निसेलढोरमा पनि यसै वर्ष विद्युत् पुर्‍याउने लक्ष्य रहेको बताए । यससँगै गण्डकी प्रदेशमा शतप्रतिशत विद्युतीकरण हुने उनको भनाइ थियो ।

बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङ पहिरो निरीक्षणपछि मन्त्री श्रेष्ठले निसेलढोरमा विद्युत् विस्तारको काम अघि बढाइने बताएका हुन् । ‘चुनौतीका बीच ढोरपाटनमा केन्द्रीय विद्युत् पुगेको छ । त्यहाँबाट ११ किलोमिटर टाढा रहेको निसेलढोरमा सम्भवतः यसै वर्ष विद्युत् पुर्‍याउँछौँ । त्यसपछि गण्डकीमा शतप्रतिशत विद्युतीकरण हुन्छ’, उनले भने ।
 
मन्त्री श्रेष्ठले दब्ल्याङ पहिरोको दिगो समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै नियन्त्रणका लागि बायोइन्जिनियरिङ विधिसमेत अपनाउनुपर्ने बताए । रासस
 

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  १२ : ०५ बजे

यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक,  मूल्य कति होला ? 

काठमाडौं–  एमएडब्लू राइड्स प्रा. लि. अन्तर्गतको यामाहा नेपालले बबरमहलस्थित नेपाल आर्ट

ऊर्जा मन्त्रीले भने- यसै वर्ष गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य राखेका छौँ

बागलुङ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङको निसेलढोरमा यसै

नबिल बैंक दक्षिण साफा मेरिट अवार्डबाट सम्मानित

काठमाडौं– वित्तीय पारदर्शिता, जवाफदेहिता र संस्थागत सुशासनलाई आफ्नो कार्यसंस्कृतिको अभिन्न

लागूऔषधसहित चारजना पक्राउ

झापा–   लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित

सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भ हायर पर्चेज बीच ‘विश्वासको नयाँ हातेमालो’

काठमाडौं– सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल)