आयाक्ससँग युभेन्टस् पराजित– रोनाल्डोको युग सकिएकै हो ? « Khabarhub

आयाक्ससँग युभेन्टस् पराजित– रोनाल्डोको युग सकिएकै हो ?


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – च्याम्पियन्स लिगका सर्वकालिन उच्च गोलकर्ता क्रिष्टियानो रोनाल्डाको टोली युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको दोस्रो लेगमा डच टोली आयाक्ससँग पराजित भएको छ ।

बुधबार बिहान युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा आयाक्ससँग पराजित इटालीयन जाइन्ट युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।

अयाक्ससँग २–१ गोल अन्तरले पराजित भएपछि रोनाल्डोको यो सिजनको च्याम्पियन्स लिग यात्रा टु्ङ्गिएको हो । पाँच पटकको च्याम्पियन्स लिग विजेता खेलाडी रोनाल्डोले पहिलो हाफमा गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले खेलको २८ औं मिनेटमा हेड मार्फत गोल गरेका थिए ।

तर, आयाक्सका खेलाडी डोनी भान डे बिकले खेलको ३४ औं मिनेटमा गोल गर्दै टिमलाई युभेन्ट्सविरुद्ध पहिलो हाफमा १–१ गोलको बराबरी पुर्‍याएका थिए ।

दोस्रो हाफको २३ औं मिनेट अर्थात् खेलको ६३ औं मिनेटमा अयाक्सका कप्तान डे लिग्टले गोल गर्दै टिमलाई २—१ को अग्रता दिलाए ।

युभेन्ट्सको घरेलु मैदानमा आयाक्सले आक्रामक खेल्दै रोनाल्डोको टिम युभेन्ट्सको यो सिजनको च्याम्पियन लिग यात्रा समाप्त पारेको छ । यसअघि प्रि क्वाटरफाइनलमा रोनाल्डोको पूर्व क्लब रियल मड्रिडलाई पराजित गरेको आयाक्सले बुधबार बिहान रोनाल्डोको च्याम्पियन्स लिग यात्रामा बिराम लगायो ।

अयाक्सविरुद्धको खेलमा गोल गरेका रोनाल्डोको च्याम्पियन्स लिगमा १ सय २६ गोल पुरा भएको छ । रोनाल्डो युभेन्टस आएपछि च्याम्पियन्स लिगमा बलियो हुने सम्भावनाहरु बारे विश्लेषण भएको थियो । तर, आयाक्ससँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको युभेन्ट्सका स्टार रोनाल्डोको युग समाप्त भएको भन्दै आलोचना भइरहेको छ ।

म्याचेस्टर युनाइटेड विरुद्धको खेलमा बार्साका स्टार मेस्सीले दुई गोल गरेर टिमलाई सेमिफाइनलमा पु¥याएको केही घन्टा मै पोर्चुगित स्टार रोनाल्डोको टीम च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  १२ : ०६ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

काभ्रेको रोशी खोलामा बाढीको जोखिम : पनौती आसपासका स्थानीयलाई सतर्क रहन चेतावनी

काठमाडौँ – काभ्रेपलाञ्चोक स्थित रोशी खोलामा जलसतहले सतर्कता तह पार

आज २०८३ साल असोज ९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ९ गते शुक्रबार सन् २०२६

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन (लाइभ)

न्यूयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो