एक करोड २५ लाखको लागतमा विद्यालय भवन निर्माण सुरु « Khabarhub

एक करोड २५ लाखको लागतमा विद्यालय भवन निर्माण सुरु


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङमा रहेको हेम नमुना आवासीय माध्यमिक विद्यालयमा आठ कोठे कक्षाकोठा भवन निर्माण थालिएको छ ।

दातृ संस्था ‘पहार ट्रस नेपाल’ र धवलागिरि गाउँपालिकाको एक करोड २५ लाख लागत साझेदारीमा आठ कोठे दुईतले भवन निर्माण थालिएको हो । धवलागिरि गाउँपालिकाले ५० लाख बजेट विनियोजन गरेको भवन निर्माणका लागि संस्थाले ७५ लाख लगानी गर्ने सम्झौता भएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष पुनमगर, वडा अध्यक्ष अशोक खत्री, कार्यपालिका सदस्यसमेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरकुमारी बूढाथोकी र पहार ट्रस नेपालका प्रतिनिधिहरुको उपस्थितिमा सोमबारदेखि भवन निर्माण थालिएको हो ।

२०१० सालमा स्थापना भएको विद्यालयको पुरानो भवनको विकल्पमा पक्की नयाँ भवन निर्माण गर्न लागिएको हो । बालकक्षा देखि १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल २०० भन्दाबढी विद्यार्थी रहेका व्यवस्थापन समितिका अध्यक्ष बूढाथोकीले बताए ।

भौगोलिक रुपमा विकट, अनाथ, विपन्न र अपायकपर्ने ठाउँका ५२ जना विद्यार्थीलाई झिनडाँडामा रहेको छात्राबासमा निःशुल्क आवास सुविधा प्रदान गरिएको उनले बताए । छात्रावासमा नौ जना शिक्षक कर्मचारीले पनि आवासीय सुविधा पाएका छन् ।

धवलागिरिकै पुरानो मध्यममा पर्ने हेम नमुना मावि परिसरको खोल्साको बाढी व्यवस्थापनका लागि चालु आर्थिक वर्ष २०८३–०८४ मा कार्यान्वयन हुनेगरी थप ४० लाख बजेट पनि विनियोजन भएको गाउँपालिकाले जनाएको छ ।

बेलायतमा दर्ता भएको अन्तर्राष्ट्रिय परोपकारी संस्था पहार ट्रसले म्याग्दीलगायत नेपालका ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्यालय भवन निर्माण, स्वास्थ्य सेवा, खानेपानी तथा सरसफाइ र शैक्षिक सुधारका क्षेत्रमा काम गर्दै आएको छ । यसअघि मालिका गाउँपालिका–५ पन्थोकको भीम मावि, मगरदाङको गौबमबस्त मावि र ६ दरबाङको जनप्रिय माविमा पनि संस्थाको सहयोगमा कक्षाकोठा भवन निर्माण भएका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ६ : ४७ बजे

एक करोड २५ लाखको लागतमा विद्यालय भवन निर्माण सुरु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङमा रहेको हेम नमुना आवासीय माध्यमिक

पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

नुवाकोट– भोटेकोसी बाढीका क्रममा पुगेका भौतिक संरचना क्षतिको पुनर्निर्माणसहित पूर्वाधार

मुन्दुम पदमार्गमा चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित

भोजपुर– पूर्वी पहाडको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित मुन्दुम पदमार्गमा

नारायणघाट–बुटवल सडकखण्डको डिभाइडरमा दुबो रोपिँदै

नवलपुर– चार लेनमा विस्तार सम्पन्न भएको नारायणघाट–बुटवल सडकको बीचमा रहेको

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण