पानासोनिकले बनायो विश्वकै पहिलो पारदर्शी टिभी, यस्ता छन् विशेषता « Khabarhub

पानासोनिकले बनायो विश्वकै पहिलो पारदर्शी टिभी, यस्ता छन् विशेषता


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


प्रविधिको विकाससँगै अहिले स्मार्ट टेलिभिजन (टिभी)को प्रयोग बढ्दो मात्रामा छ ।

टिभी उत्पादन गर्ने कम्पनीहरुले मूल्य र सुविधाका हिसावले बजारमा प्रतिस्पर्धा गरिरहेका छन् । केही कम्पनीले सस्तैमा स्मार्ट टिभी उपलब्ध गराइरहेका छन् भने केही कम्पनीले भिन्न खालका फिचरसहित टिभीहरु बजारमा पठाइरहेका छन् ।

जापानी मल्टिइलेक्ट्रिक कम्पनीले पानासोनिकले विश्वकै पहिलो पारदर्शी टिभी बजारमा ल्याएको छ ।

यो टिभी बन्द अवस्थामा काठको फ्रेममा राखिएको सिसा जस्तै देखिन्छ । तर, जब तपाईंले यसको स्वीच अन गर्नुहुन्छ यो, ओएलइडी डिस्प्लेमा परिवर्तन हुन्छ ।

पानासोनिकले स्वीस फर्निचर ब्राण्ड विटरासँग मिलेर यो टिभी डिजाइन गरेको हो ।

दुवै कम्पनीले करिब २ वर्षको अध्ययन पछि यो टिभी निर्माण गरेका हुन् ।

यो टिभीलाई प्रयोग नगरिएको अवस्थामा तपाईंले आफ्नो लिभिङ रुममा सजाएर पनि राख्न सक्नुहुने छ । यद्यपि यो टिभी बिक्रीका लागि बजारमा कहिलेदेखि उपलब्ध हुनेछ भनेर पानासोनिकले अहिले नै केही बताएको छैन ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  १ : २० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र