एसीसी यु–१६ खेल्ने नेपाली टोलीको घोषणा, पहिलो खेल म्यानमारसँग « Khabarhub

एसीसी यु–१६ खेल्ने नेपाली टोलीको घोषणा, पहिलो खेल म्यानमारसँग


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसियन क्रिकेट परिषद (एसीसी) यु–१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिता खेल्ने नेपाली यु–१६ टोलीको घोषणा भएको छ । बुधबार घोषणा भएको १४ सदस्यीय टोलीको कप्तानी बिशाल विक्रम केसीले पाएका छन् । प्रतियोगिता थाइल्यान्डमा अप्रिल २० देखि २८ सम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा नेपालसहित पूर्वी क्षेत्रका ८ टिम रहेका छन् । प्रतियोगितामा सहभागी ८ टिमलाई दुई समूहमा बिभाजन गरीएको छ ।

नेपाली टोली समूह ‘ए’ मा रहेको छ । समूह ‘ए’ मा नेपालसहित मलेसिया, म्यानमार र आयोजक थाइल्यान्ड रहेका छन् । यस्तै, समूह ‘बी’ मा सिंगापुर, हङकङ, चीन र भुटान छन् ।

यु–१६ टोलीमा कप्तान केसीसँगै आशिष भट्राई, प्रशान्त महत, अर्जुन कुमाल, दीपक बोहरा छन् भने सुवास ऐर, निखिल कुमार सिंह, विशाल कुमार पटेल पनि टोलीमा अटाएका छन् ।

यस्तै, क्रृश कार्की, तिलकराज भण्डारी, रमेश कुर्मी, रोहन दुधराज वीके, प्रशान्त सिंह र सुशान्त थापा टोलीमा रहेका छन् । टोलीको वैकल्पीक खेलाडीमा अभिषेक गौतम, परशुराम यादव, अरबाज अनसारी र विवेक दरासि छन् ।

नेपाली टोलीको नेतृत्व टिम व्यवस्थापक सुन्दीप शर्माले गर्नेछन् भने मुख्य प्रशिक्षकमा वसन्त शाही र फिजियोथेरापिस्टमा दिनेश भट्ट छन् ।

अप्रिल १८ मा थाइल्यान्ड जाने नेपाली टोलीले नेपालले आफ्नो पहिलो खेल म्यानमारसँग अप्रिल २० मा खेल्नेछ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  १ : ३६ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल