कर छली गरेको विषयमा आधा दर्जनबढी म्यानपावरमाथि अनुसन्धान, मुद्दा दर्ताको तयारी « Khabarhub

कर छली गरेको विषयमा आधा दर्जनबढी म्यानपावरमाथि अनुसन्धान, मुद्दा दर्ताको तयारी


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आन्तरिक रावश्व अनुसन्धान विभागले आधा दर्जनभन्दा बढी म्यानपावर कम्पनीहरुमाथि कर छली गरेको विषयमा अनुसन्धान गरिरहेको छ ।

विभागले वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दा कर छली गरेको अभियोगमा ती म्यानपावरमाथि अनुसन्धान गरि मुद्दा दर्ता गर्ने तयारी गरिरहेको छ ।

विदेशमा कामदार पठाएको विवरण यथार्थ नबुझाएको भन्दै ती म्यानपावरहरुमाथि अनुसान्धान गरि मुद्दा दर्ता गर्ने लागिएको विभागले जनाएको छ । वैदेशिक रोजगारीको नाममा म्यानपावरले ठूलो मात्रामा राजश्व छली गर्ने गरेको विभाग श्रोतको भनाइ छ ।

म्यानपावरहरुले वार्षिक आय र कारोवार वैदेशिक रोजगार विभागमा बुझाउदा पनि थोरै मात्र देखाएर बुझाउने गरेका छन् । धेरै सख्यामा कामदार रोजगारीमा पठाएपनि कम मात्र आय स्रोत देखाएर कर छली गर्नेगरेको भन्दै राजश्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

म्यानपावर कम्पनीले राजश्व बुझाएको विषयमा अध्ययन गरिरहेको र कर छली गर्ने म्यानपावरविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेको आन्तरिक रावश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । विभागले गत पौष महिनामा स्काई ओभरसिजका मालिक बलबहादुर तामाङलाई करछली गरेको आरोपमा मुद्दा दर्ता गरेको थियो ।

तामाङले १९ करोड ५८ लाख रुपैयाँ करछली गरेको भन्दै विभागले मुद्दा दर्ता गराएको थियो । उनको मुद्दा हाल विचारधीन अवस्था छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  २ : १५ बजे

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ