दक्षिण कोरियामा एक व्यक्तिले अपार्टमेन्टमा आगो लगाए, भाग्न खोज्नेभाथि छुरा चलाउँदा पाँचको मृत्यु « Khabarhub

दक्षिण कोरियामा एक व्यक्तिले अपार्टमेन्टमा आगो लगाए, भाग्न खोज्नेभाथि छुरा चलाउँदा पाँचको मृत्यु


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल–  दक्षिण कोरियाको दक्षिणपश्चिमी क्षेत्रको एक गाउँमा एक व्यक्तिले  जथाभावी छुरा प्रहार गरी कम्तीमा पाँच जना नागरिकको हत्या गरेका छन् ।

यसरी मारिनेमा सर्वसाधारण नागरिक परेका छन् । त्यस्तै अरु १३ जना छुरा प्रहारबाट नराम्ररी घाइते भएका छन् । एकजना स्थानीयले आफ्नो अपार्टमेन्टमा आगो लगाएको र आगो लागेपछि भाग्ने क्रममा भाग्न खोज्ने नागरिकलाई छुरा हानिएको बताइएको छ ।

सो अपार्टमेन्टको चौथो तल्लामा एकजना ४२ वर्षीय स्थानीय बस्ने गरेका थिए । उक्त अपार्टमेन्टको आफू बसिरहेको तल्लामा आगो लगाएर भागेका थिए ।

उनी भाग्ने क्रममा सो अपार्टमेन्टको भूईतल्लाको प्रतिक्षालयमा बसिरहेका मानिस भाग्न खोजेका र भाग्ने क्रममा उनीहरुमाथि नै छुरा हानिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

उनीहरु सो अपार्टमेन्टमा बसोबास गरिरहेका व्यक्ति भएको खुलेको छ । उनीहरुमध्ये पाँच स्थानीयलाई छुरा हानी घटनास्थलमै हत्या गरिएको थियो । यसरी मारिनेमा एकजना १३ वर्षीया बालिका पनि रहेकी छिन् ।

त्यसैगरी मारिनेमा दुई जना ७० वर्षका, एकजना ६० वर्षका नागरिक र अर्का एकजना ३० वर्षका रहेका खुलेको पनि समाचारमा जनाइएको छ ।

उनले सो अपार्टमेन्टमा लगाएको आगो करिब २० मिनेटपछि निभाइएको थियो । ती व्यक्तिलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको थियो । उनले आफूले गल्ती गरेको स्वीकार गरेका छन् ।

उनी बेरोजगार व्यक्ति भएकोले उनमा निराशा रहेको देखिएको छ । प्रहरीले उनको स्वास्थ्य रिपोर्ट भेटेको र ती व्यक्तिमा मानसिक रोग रहेको पाइएको पनि अधिकारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  २ : ४५ बजे

रुसको गुप्तचर गतिविधिबारे खुलासापछि जापान सतर्क, जासुसी नियन्त्रण थप कडा बनाउने तयारी

टोकियो– रुसले जापानलाई गुप्तचर गतिविधि सञ्चालन तथा युक्रेन युद्धसँग सम्बन्धित

सीके राउत भन्छन् : सञ्चार गृहसामुन्ने शंकास्पद गाडी राख्नेले भोलि घरमा बम पनि राख्न सक्छ

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विभिन्न सञ्चारगृह

भुजेल संस्कृति संरक्षण गरिँदै

दमौली– भुजेल समुदायको मौलिक सांस्कृतिक सम्पदा मानिने चुड्का नाच पछिल्ला

दोवा-सोवाङ-चिमखोला पदमार्ग पहिचान

म्याग्दी– जिल्लाको अन्नपूर्ण गाउँपालिका-१ दोवाबाट सोवाङधुरी हुँदै रघुगङ्गा गाउँपालिका-७ चिमखोला