स्वास्थ्य केन्द्रमा कर्मचारी अभाव, ११ को दरबन्दी हुँदा ३ जना मात्रै कार्यरत | Khabarhub Khabarhub

स्वास्थ्य केन्द्रमा कर्मचारी अभाव, ११ को दरबन्दी हुँदा ३ जना मात्रै कार्यरत


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा– काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ दुलालथोकमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ११ जना कर्मचारी रहेकोमा अहिले ३ जना मात्रै कर्मचारी कार्यरत छन् ।

सङ्घीय संरचनाअनुसार अहिले नगरापालिकाअन्तर्गत सञ्चालन भइरहेको सो केन्द्रमा ३ जना मात्रै स्वास्थ्यकर्मी कार्यरत छन् । ११ जनाको दरबन्दी रहेको भए पनि कर्मचारी समायोजनको लागि खुला गरिएको छनोट प्रक्रियामा स्वास्थ्यकर्मीले सङ्घीय र प्रदेशमा रोजेर गएपछि अहिले सेवा प्रवाहमा समेत समस्या भएको केन्द्रका प्रमुख डा प्रीति यादवको भनाइ छ ।

सो केन्द्रमा दैनिक ४० जनाको हाराहारीमा बहिरङ्ग विभाग (ओपिडी)मा र १० जना जति आकस्मिक सेवामा आउने गरेका छन्।

जिल्लाभरिकै एउटा मात्रै केन्द्रको रुपमा रहेको यहाँ कुकुरको टोकाइबाट हुने ‘एन्टी रेबिज भ्याक्सिन’ दिने सुविधा छ तर, जनशक्ति अभाव र कहिलेकाहीँ औषधि आपूर्ति गर्न टेकु अस्पतालसम्म पुग्नुपर्ने भएकाले भ्याक्सिन उपलब्ध गराउन समस्या हुने गरेको केन्द्रले जनाएको छ ।

केन्द्र प्रमुख यादवका अनुसार महीनाको ५० जनाको हाराहारीम कुकुरको टोकाइबाट हुने समस्याका बिरामी एन्टी रेबिज भ्याक्सिन लिन आउने गरेका छन् ।

पछिल्लो अवस्थामा कुकुरको टोकाइबाट बिरामी भएर आउनेको सङ्ख्या बढ्दै गएको केन्द्रले जनाएको छ । अहिले सो केन्द्रमा एक एच ए, एक अनमी र एक मेडिकल अधिकृत गरी तीन जनाले सेवा दिइरहेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ३ : ५४ बजे

‘समीक्षा यात्रा’मा निस्कियो रास्वपा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं – छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

कांग्रेस संसदीय दलको बैठक भोलि बिहान बस्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

पञ्जाबविरुद्ध हैदराबाद चार विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ अन्तरगत आफ्नो लिग

कांग्रेसले भन्यो : रविमाथि छानबिन गर्न समिति नबनेसम्म संसद्अघि बढ्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणबारे