स्वास्थ्य केन्द्रमा कर्मचारी अभाव, ११ को दरबन्दी हुँदा ३ जना मात्रै कार्यरत « Khabarhub

स्वास्थ्य केन्द्रमा कर्मचारी अभाव, ११ को दरबन्दी हुँदा ३ जना मात्रै कार्यरत


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा– काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ दुलालथोकमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ११ जना कर्मचारी रहेकोमा अहिले ३ जना मात्रै कर्मचारी कार्यरत छन् ।

सङ्घीय संरचनाअनुसार अहिले नगरापालिकाअन्तर्गत सञ्चालन भइरहेको सो केन्द्रमा ३ जना मात्रै स्वास्थ्यकर्मी कार्यरत छन् । ११ जनाको दरबन्दी रहेको भए पनि कर्मचारी समायोजनको लागि खुला गरिएको छनोट प्रक्रियामा स्वास्थ्यकर्मीले सङ्घीय र प्रदेशमा रोजेर गएपछि अहिले सेवा प्रवाहमा समेत समस्या भएको केन्द्रका प्रमुख डा प्रीति यादवको भनाइ छ ।

सो केन्द्रमा दैनिक ४० जनाको हाराहारीमा बहिरङ्ग विभाग (ओपिडी)मा र १० जना जति आकस्मिक सेवामा आउने गरेका छन्।

जिल्लाभरिकै एउटा मात्रै केन्द्रको रुपमा रहेको यहाँ कुकुरको टोकाइबाट हुने ‘एन्टी रेबिज भ्याक्सिन’ दिने सुविधा छ तर, जनशक्ति अभाव र कहिलेकाहीँ औषधि आपूर्ति गर्न टेकु अस्पतालसम्म पुग्नुपर्ने भएकाले भ्याक्सिन उपलब्ध गराउन समस्या हुने गरेको केन्द्रले जनाएको छ ।

केन्द्र प्रमुख यादवका अनुसार महीनाको ५० जनाको हाराहारीम कुकुरको टोकाइबाट हुने समस्याका बिरामी एन्टी रेबिज भ्याक्सिन लिन आउने गरेका छन् ।

पछिल्लो अवस्थामा कुकुरको टोकाइबाट बिरामी भएर आउनेको सङ्ख्या बढ्दै गएको केन्द्रले जनाएको छ । अहिले सो केन्द्रमा एक एच ए, एक अनमी र एक मेडिकल अधिकृत गरी तीन जनाले सेवा दिइरहेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ३ : ५४ बजे

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को

एकमहिने मत्स्यनारायण मेला सम्पन्न

भक्तपुर– तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरान युद्ध रोक्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको ट्रम्पको दाबी

जेनेभा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यका