शेयर बजारमा सामान्य वृद्धि « Khabarhub

शेयर बजारमा सामान्य वृद्धि


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार दोहोरो अंकले उकालो लागेको शेयर बजारमा बुधबार भने सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.९९ विन्दुले बढेर एक हजार २१७.०४ विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३२ विन्दुले बढेर २६१.५७ विन्दुमा पुगेको छ । आज कुल १७१ कम्पनीका २८ लाख एक हजरा ६१३ कित्ता शेयर रु ८२ करोड १६ लाख ९८ हजार १० मा खरीदबिक्री भए ।

कारोबार भएका दश उपसमूहमध्ये बैंकिङ ८.९३, होटल १.६३, विकास बैंक ४.०९ र जीवन बीमा ३९.१९ विन्दुले बढेका छन् । त्यस्तै जलविद्यतु् ०.४४, वित्त ०.१३, निर्जीवन बीमा ९.३८, उत्पादन ८.४२, अन्य ०.२७ र लघुवित्त १४.०२ विन्दुले घटेका छन् ।

कारोबार रकमका आधारमा आज पनि एनएमबी बैंक शीर्ष स्थानमा पुगेको छ । एनएमबीको रु सात करोड २६ लाख १५ हजार १५१, एनआइसी एसियाको रु चार करोड ५४ लाख ७७ हजार ८००, नेपाल बैंक लिमिटेडको रु चार करोड ३३ लाख ६६ हजार ७९९, प्रभु बैंक लिमिटेडको रु चार करोड ३१ लाख ५९ हजार १८३ र कुमारी बैंक लिमिटेडको रु तीन करोड ८८ लाख तीन हजार ६५१ बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.७५, युनिभर्सल पावर कम्पनी ५.५६, युनाइटेड फाइनान्स ४.६६, नबिल इक्विटी फण्ड ४.५० र चौतारी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.४६ प्रतिशतले कमाए ।

त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका शेयर धनीले ४.०८, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ३.८५, महिला सहयात्रा लघुवित्त वित्तीय संस्था ३.७८, सामुदायिक लघुवित्त वित्तीय संस्था ३.५५ र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शेयरधनीले ३.३८ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ५ : २६ बजे

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल