सलमानसँग ‘किक २’ मा हुनेछन् यी २ हिरोइन « Khabarhub

सलमानसँग ‘किक २’ मा हुनेछन् यी २ हिरोइन


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – हिन्दी फिल्म ‘किक २’ बन्ने खबर आएको त धेरै भइसकेको छ । यता सलमान खान भने फिल्म ‘भारत’ र ‘दबंग ३’ को छायांकनमा व्यस्त छन् । उनी व्यस्त हुँदा ‘किक २’ को छायांकन समयमा हुन सकेको छैन ।

यतिबेला भने फिल्मसँग जोडिएका केही खबर बाहिरिएका छन् । सम्भवतः यस वर्ष नै सलमानले ‘किक २’ को छायांकन थाल्नेछन् । निर्माता साजिद नाडियाडवाला फिल्मको तयारीमा नै व्यस्त छन् । अहिले स्किृप्टलाई अन्तिम रूप दिने काम भइरहेको छ ।

फिल्मका लागि सलमान खान त तय भइसकेका छन् । तर नायिका को बन्ने भन्ने अझै बाहिर खबर आएको छैन ।

भारतीय मिडियाले सूत्रको हवाला दिँदै यो फिल्ममा दुई नायिका हुने जनाएका छन् । फिल्ममा ज्याकलीन फर्नाडिस हुने सम्भावना बढी भएको बताइएको छ भने दोस्रो हिरोइनमा दिशा पटानी हुने सम्भावना छ ।

सलमानसँग दिशाले फिल्म ‘भारत’ मा काम गरिसकेकी छिन् । सोही क्रममा काम मन पर्दा सलमान खानले दिशालाई सिफारिस गरेको बताइएको छ । तर, यो बारेमा निर्माण टिमको आधिकारिक खबर भने बाहिर आएको छैन ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ६ : ५६ बजे

निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक

गायक विजय लामा अमेरिकामा सम्मानित

काठमाडौं – गायक विजय लामा अमेरिकाको न्यूयोर्क सिटीमा सम्मानित भएका

भदौ घटनाले देशलाई सिकाएको पाठ महत्त्वपूर्ण छ : प्रधानमन्त्री कार्की (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले केही सन्तुष्टि र धेरै आशा

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राति राष्ट्रपतिले पूजा दर्शन गर्ने

काठमाडौं – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट