फेडेरर इटालीयन ओपनको क्वाटरफाइनलमा « Khabarhub

फेडेरर इटालीयन ओपनको क्वाटरफाइनलमा


३ जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – विश्व वरियतामा तेस्रो स्थानका स्वीस खेलाडी रोजर फेडेरर इटालियन ओपन टेनिसको क्वाटरफाइनल प्रवेश गरेका छन् । बिहिबार राति भएको तेस्रो चरणको खेलमा बोर्ना कोरीचलाई पराजित गर्दै फेडेररले क्वाटरफाइनल यात्रा सुरक्षित गरेका हुन् ।

कोरीचविरुद्ध जीत निकालेका उनले २–६,६–४ र ७–६ (९–७) को सेटमा पराजित गरेका हुन् । सन् २०१६ पछि फेडेररले यो प्रतियोगिता पहिलो पटक खेलेका हुन् ।

बिहीबार क्वाटरफाइनलमा स्थान बनाएका फेडेररले क्वाटरफाइनलमा स्टेफानोस स्टिपाससंग प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै, स्पेनिस राफायल नाडाल र सर्बियाका नोभाक जोकोभिकले पनि क्वाटरफाइनलमा स्थान बनाइसकेका छन् । नाडालले जर्जियाका निकोलोजलाई ६–१ र ६–० को सेटमा पराजित गरे । अब नाडालले स्पेनकै फर्नान्डो भर्डासकोसंग खेल्ने छन् ।

त्यस्तै विश्व नम्बर एक रहेका जोकोभिकले जर्मनीका फिलिप कोल्श्राइबरलाई ६–३ र ६–० को सेटमा हराएर क्वाटरफाइनलको यात्रा तय गरेका थिए ।

प्रकाशित मिति : ३ जेष्ठ २०७६, शुक्रबार  ९ : २२ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने