मदनको सपनालाई पूरा गर्न पार्टी एकता भएको हो–प्रचण्ड « Khabarhub

मदनको सपनालाई पूरा गर्न पार्टी एकता भएको हो–प्रचण्ड


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वर्गीय मदन भण्डारीको सोच नेपाल निर्माणका लागि अग्रणी भएको बताएका छन् । मदन आश्रित स्मृति दिवसको अवसरमा नेकपाले बल्खुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलनमा मदन भण्डारीको योगदान अतुलनीय रहेको बताए । भण्डारीले ल्याएको बहुदलीय समाजवाद कम्युनिस्ट आन्दोलनका लागि एक माग दर्शन भएको बताए ।

प्रचण्डले मदन भण्डारीले देखेको सपनालाई पछ्याउने क्रममा नै अहिले पार्टी एकता भएको बताउँदै नेपालका कम्युनिस्ट नेताले देखेको सपना पूरा गर्न नेकपा लागि पर्ने बताए । अब नेकपाको लक्ष्य समाजवाद तिरको एउटा युगीन यात्रा रहेको भन्दै प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनमा होमिएका नेताको सपना पूरा हुने बताए ।

जनताको जनवादलाई तत्कालका लागि समाजवादलाई रणनीतिक रुपमा कार्यान्वयन गर्ने भन्ने योजनासहित पार्टी एकता भएको भन्दै प्रचण्डले आगामी जिल्ला अधिवेशन र आउँदो महाधिवेश हुँदा सम्म विश्वका कम्युनिस्ट आन्दोलनको समीक्षा गर्दै सकारात्मक र रचनात्मक बहस गर्ने बताए ।

एकता ढिला भयो तर मजबुद हुने भन्दै प्रचण्डले विश्वको कुनै शक्तिले पनि पार्टी एकतालाई टुक्राउन भएका प्रयास सबै फेल हुने बताए । उनले भने, ‘पार्टी एकता प्रक्रिया ढिलो भयो । तीन महिनामा सक्नुपर्ने हो । तर, एक वर्ष पुग्यो । तर मलाई लाग्छ । अब सबै प्रक्रिया पूरा भएको छ ।’ उनले जनता र विज्ञानप्रति इमान्दार भएर अघि बढ्दा कसैले आफूहरुलाई हराउन नसक्ने दाबी गरे ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ९ : २८ बजे

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,