एकता प्रक्रियामा कुनै विलम्ब हुँदैन : प्रधानमन्त्री ओली « Khabarhub

एकता प्रक्रियामा कुनै विलम्ब हुँदैन : प्रधानमन्त्री ओली


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले देशको हीत, राष्ट्रियता र लोकतन्त्रको सुदृढ विकासका लागि सरकार लागि परेको बताएका छन् । मदन–आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले सामाजिक न्याय र समानताको पक्षमा काम गर्ने बताए । उनले भने ‘लोककल्याणकारी हीत सोचेर, स्वास्थ्य शिक्षाका क्षेत्रको कसरी विकास गर्न सकिन्छ भन्ने धेयका साथ सरकारले काम गरिरहेको छ ।’

प्रधानमन्त्रीले पार्टीको एकता पनि चाँडै टुंगिने बताए । केही विषयमा टुंगिन बाँकी रहेको भन्दै उनले अब केहि दिनमै सबै प्रक्रिया सकिने प्रतिबद्धता जनाए ।

आफूहरु एउटा महान अभियान र आन्दोलनमा रहेको भन्दै यो अभियानको विरोध गर्नेलाई काम गरेरै जवाफ दिने बताए । उनले भने, ‘हामी एउटा महान अभियानमा छौं । एउटा महान आन्दोलनमा छौं । केहि शक्तिले जनताको अभियान, जनताको प्रगति देख्न चाहाँदैनन् । उनीहरु त्यस्तालाई भत्काउन चाहान्छन । त्यसको जवाफ काम गरेर दिनेछौं ।’

सरकारले जनताको गाँसबास र कपासको व्यवस्था कसरी गर्न सकिन्छ भन्ने योजनालाई समेटेर विभिन्न ३१ बुँदालाई मौलिक हकका रुपमा व्यवस्था गरेको भन्दै अब कोहि पनि भोकै बस्नुपर्ने अवस्था नआउने बताए । उनले भने, ‘हामी निरपेक्ष गरीबि हटाउने छौं । त्यसका लागि रोजगारीको व्यवस्था कसरी सिर्जना गर्न सकिन्छ । कृषिको आधुनिककीकरण, उद्योगको स्थापना र विकास कसरी हुन्छ ? पर्यटन क्षेत्रको विकास गरेर नेपाली अर्थतन्त्रलाई कसरी विकास गर्न सकिन्छ भन्ने कुरामा सरकारले दीर्घकालीन योजना बनाएर काम गरिरहेका छौं।’

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ९ : ५३ बजे

मोहम्मद सलाह टर्की पुग्दा समर्थकको भव्य स्वागत, ट्राब्जोनस्पोरमा अनुबन्ध हुँदै

काठमाडौँ – इजिप्टका स्टार फुटबलर मोहम्मद सलाह टर्किस सुपर लिग

गल्ती स्वीकार गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, राजीनामा नदिने

काठमाडौँ – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष ज्यानी इन्फान्टिनोले

वित्तीय संकटमा परेकालाई कसरी राहत दिने? अर्थमन्त्री वाग्लेले मागे राष्ट्र बैंकसँग सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका ९बिहीबार०का लागि विदेशी मुद्राको

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६