अस्ट्रेलियाका पूर्वकप्तान क्लार्कको विश्वकप कमेन्ट्रीमा डेब्यु | Khabarhub Khabarhub

अस्ट्रेलियाका पूर्वकप्तान क्लार्कको विश्वकप कमेन्ट्रीमा डेब्यु


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्वकप क्रिकेट २०१९ मा पहिलो पटक टेलिभिजन (टिभी) कमेन्ट्री गर्ने २४ जनाको नाम सार्वजनिक गरेको छ ।

मे ३० देखि जुलाई १४ सम्म इङ्ग्ल्यान्ड र वेल्सका विभिन्न रंगशालामा हुने विश्वकपका लागि आईसीसीले आफ्नो प्रचार–प्रसारलाई प्रभावकारी बनाउन विश्व क्रिकेटमा चर्चित नामलाई कमेन्टेटरको जिम्मेवारी दिएको जनाएको छ ।

विश्वकप कमेन्ट्री गर्नेमा पूर्व क्रिकेटर तथा प्रसारण माध्यममा सक्रिय व्यक्तिलाई आईसीसीले नियुक्त गरेको हो ।

यस्तै, अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले पहिलो पटक टिभी कमेन्ट्री गर्न लागेको आईसीसीले जनाएको छ । योसँगै विश्वकपमा कमेन्ट्री गर्न लागेका क्लार्कको डेब्यु हो ।

कमेन्टेटरहरुमा डेब्यु गरिरहेका क्लार्कसँगै पहिलेदेखि नै कमेन्ट्री गर्दै आएका भारतका सौरभ गाङ्गुलीसहित श्रीलंकाका कुमार साङ्गाकाराले पनि यो विश्वकपको टिभी कमेन्टेरटको जिम्मेवारी सम्हाल्ने छन् ।

आईसीसीले शुक्रबार सार्वजनिक गरेको कमेन्टेटरहरुको सूचिमा क्लार्कसहित क्रिकेटका चर्चित हस्ती छन् ।

विश्वकपलाई अझै रोचक बनाउन आईसीसीले हाइ प्रोफाइनल व्यक्तिहरुलाई कमेन्ट्रीमा ल्याएको हो ।

कसकसलाई देखिन्छ कमेन्ट्रीमा

क्लार्कसँगै कमेन्ट्रीमा नासिर हुसेन, इआन विशोप, सौरभ गाङ्गुली, मेलानीइ जोन्स, कुमार साङ्गाकारा, मिचेल अथरटोन, एलिसन मिट्चेल, ब्रेन्डोम म्याकोलम, ग्रेइमे स्मिथ र वासिम अक्रम छन् ।

यस्तै शाउन पोल्लोक, मिचेल स्लाटेर, मार्क निकोलास, मिचेल होल्डिङ, इशा गुहा, पोमी एमबान्गुआ, सञ्जय मन्जेरेकार, हर्स भोग्ले, सिमोन ड्युल, इहान स्मिथ, रमिज राजा, अथर अलि खान र इहान वार्डले कमेन्ट्री सम्हाल्ने छन् ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  १० : ४३ बजे

रुस–युक्रेन युद्ध : करिब २ हजार बालबालिकाको मृत्यु

काठमाडौं– युनिसेफले सन् २०२२ को फेब्रुअरीदेखि रुस–युक्रेन युद्धमा करिब २

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल

आईपीएल : आज राजस्थान र पञ्जाव भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र

प्रहरी भ्यानबाट भागेका कैदी खतरनाक ग्याङमा आबद्ध

फ्रान्स – प्रहरी भ्यानबाट भागेर चर्चामा आएका फ्रान्सका एक कैदी

दोलखामा बोलेरो दुर्घटना हुँदा १४ जना घाइते, ९ जनाको अवस्था गम्भीर

दोलखा– दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीमा मलामी बोकेको