अस्ट्रेलियाका पूर्वकप्तान क्लार्कको विश्वकप कमेन्ट्रीमा डेब्यु « Khabarhub

अस्ट्रेलियाका पूर्वकप्तान क्लार्कको विश्वकप कमेन्ट्रीमा डेब्यु


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्वकप क्रिकेट २०१९ मा पहिलो पटक टेलिभिजन (टिभी) कमेन्ट्री गर्ने २४ जनाको नाम सार्वजनिक गरेको छ ।

मे ३० देखि जुलाई १४ सम्म इङ्ग्ल्यान्ड र वेल्सका विभिन्न रंगशालामा हुने विश्वकपका लागि आईसीसीले आफ्नो प्रचार–प्रसारलाई प्रभावकारी बनाउन विश्व क्रिकेटमा चर्चित नामलाई कमेन्टेटरको जिम्मेवारी दिएको जनाएको छ ।

विश्वकप कमेन्ट्री गर्नेमा पूर्व क्रिकेटर तथा प्रसारण माध्यममा सक्रिय व्यक्तिलाई आईसीसीले नियुक्त गरेको हो ।

यस्तै, अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले पहिलो पटक टिभी कमेन्ट्री गर्न लागेको आईसीसीले जनाएको छ । योसँगै विश्वकपमा कमेन्ट्री गर्न लागेका क्लार्कको डेब्यु हो ।

कमेन्टेटरहरुमा डेब्यु गरिरहेका क्लार्कसँगै पहिलेदेखि नै कमेन्ट्री गर्दै आएका भारतका सौरभ गाङ्गुलीसहित श्रीलंकाका कुमार साङ्गाकाराले पनि यो विश्वकपको टिभी कमेन्टेरटको जिम्मेवारी सम्हाल्ने छन् ।

आईसीसीले शुक्रबार सार्वजनिक गरेको कमेन्टेटरहरुको सूचिमा क्लार्कसहित क्रिकेटका चर्चित हस्ती छन् ।

विश्वकपलाई अझै रोचक बनाउन आईसीसीले हाइ प्रोफाइनल व्यक्तिहरुलाई कमेन्ट्रीमा ल्याएको हो ।

कसकसलाई देखिन्छ कमेन्ट्रीमा

क्लार्कसँगै कमेन्ट्रीमा नासिर हुसेन, इआन विशोप, सौरभ गाङ्गुली, मेलानीइ जोन्स, कुमार साङ्गाकारा, मिचेल अथरटोन, एलिसन मिट्चेल, ब्रेन्डोम म्याकोलम, ग्रेइमे स्मिथ र वासिम अक्रम छन् ।

यस्तै शाउन पोल्लोक, मिचेल स्लाटेर, मार्क निकोलास, मिचेल होल्डिङ, इशा गुहा, पोमी एमबान्गुआ, सञ्जय मन्जेरेकार, हर्स भोग्ले, सिमोन ड्युल, इहान स्मिथ, रमिज राजा, अथर अलि खान र इहान वार्डले कमेन्ट्री सम्हाल्ने छन् ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  १० : ४३ बजे

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई