नेपालको ईपीएल खेलेका आसिफ पाकिस्तानको विश्वकप टोलीमा | Khabarhub Khabarhub

नेपालको ईपीएल खेलेका आसिफ पाकिस्तानको विश्वकप टोलीमा


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -नेपालको एभ्रेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको २०१७ को संस्करण खेलेका पाकिस्तानका ब्याट्सम्यान आसिफ अलि विश्वकप २०१९ खेल्ने १५ सदस्यीय टोलीमा छनोट भएका छन् ।

यसअघि घोषणा भएको १५ सदस्यीय टोलीमा नअटाएका अलि र तिव्र गतिका बलर मोहम्मद अमिरलाई पाकिस्तानका मुख्य प्रशिक्षक मिक्की आर्थर, कप्तान सरफराज अहमद र छनोट टोलीका प्रमुख इन्जमान उल हकले टोलीमा आवद्ध गरेका हुन् ।

यसअघि टोलीमा परेका अर राउण्डर फाहीम अर्शाफ र अबिद अलिलाई टोलीबाट हटाइएको छ । अलिले सन् २०१७ मा नेपालको चर्चीत ट्वान्टी–२० फ्रेन्चाईज लिग ईपीएलमा पोखरा राइनोजबाट खेलेका थिए ।

यस्तो छ पाकिस्तानी टोली

सर्फराज अहमेद (कप्तान), बाबर आजम, फखर जमान, हरिस सोहिल, हसन अली,इमाद वासिम, इमाम उल, जुनिद खान, मोहमद हाफिज, मोहमद हसन, शादब खान, शाहिन साह अफ्रिदी, शोयब मल्लिक, आसिफ अलि र मोहम्मद अमिर।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  १० : ५४ बजे

अर्थतन्त्रको दिगो विकासका लागि ठोस गृहकार्य आवश्यक : अध्यक्ष मल्ल

काठमाडौं – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको

नेपाल बैंक र एक्जिम बैंकबीच आयात निर्यात व्यापार सम्झौता

काठमाडौं – नेपाल बैंक लिमिटेड र एक्जिम बैंक इन्डियाबीच आयात

‘द आर्चिज’बाट को–कस्ले गर्दैछन् डेब्यु ?

काठमाडौं – द आर्चिजबाट कयौँ स्टार किड्ज आफ्नो एक्टिङ डेब्यु

एनसेलको खरिदबिक्री छानबिन गर्न समिति गठन हुने

काठमाडौं – एनसेलको सेयर खरिदबिक्री प्रकरणबारे विस्तृत छानबिन गर्न समिति

‘एनिमल’ले शाहरुखको ‘पठान’लाई उछिन्यो

काठमाडौं – रणवीर कपुर स्टारर ‘एनिमल’ले प्रदर्शनको तीन दिनमा भारतीय