वैकल्पिक खेलाडीलाई मौका दिएको दक्षिण अफ्रिकाको जिम्बाबेविरुद्ध सानदार जित « Khabarhub

वैकल्पिक खेलाडीलाई मौका दिएको दक्षिण अफ्रिकाको जिम्बाबेविरुद्ध सानदार जित


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अफ्रिकाले जिम्बाबेसँगको टेस्ट खेलमा ३२८ रनको जित हात पारेको छ। ५३७ रनको विशाल लक्ष्य पछ्याएको जिम्बाबेले मंगलबार चौथो दिन खाना समय लगत्तै सबै विकेट गुमाइसकेको हो। पहिलो पारीमा २५१ रन जोडेको जिम्बाबे दोस्रो पारीमा २०८ रनमा सीमित भयो।

दक्षिण अफ्रिकाले पहिलो पारीमा ९ विकेट गुमाएर ४१८ रन जोडेपछि पारी समाप्तिको घोषणा गरेको थियो भने दोस्रो पारीमा ३६९ रन जोडेको थियो। जिम्बाबेलाई ध्वस्त पार्नेक्रममा दक्षिण अफ्रिकाका कर्बिन बस्कले पाँच विकेट लिए। यसैगरी कोडी युसुफले तीन विकेट हात पारे। युसुफले पहिलो पारीमा पनि तीन विकेट लिएका थिए।

पहिलो पारीमा १५३ रन बनाएका लुआव डे प्रेटेरियस म्यान अफ द म्याच घोषित भए। आठौँ क्रममा ब्याटिङ गरेका उनले पहिलो पारीमा शतक प्रहार गरेका थिए।

दोस्रो पारीमा पनि उनले ४१ बलमा नै ३६ रन प्रहार गरे। यस टेस्टमा अर्का अलराउण्डर वियान मल्डरले सानदार प्रदर्शन गरे। जिम्बाबेको पहिलो पारीमा चार विकेट लिएका मल्डरले दक्षिण अफ्रिकाको दोस्रो पारीमा १४७ रन प्रहार गरे।

तेम्बा बभुमाको अनुपस्थितिमा खेलेका केशव महराजले ५१ रन बनाए। भर्खरै अस्ट्रेलियालाई हराएर विश्व च्याम्पियन बनेको दक्षिण अफ्रिकाले सो टोलीका धेरै जनालाई आराम दिएको थियो।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ६ : ५४ बजे

दसैँ नजिकिएसँगै काठमाडौँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डप लगायतका अन्य विभिन्न खुला बजारमा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि

काठमाडौं- नेपाली कांग्रेसको १५ ‍औँ महाधिवेशनमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र

‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

चितवन– मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु रहेका पशु तथा

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा