चिया मजदुरका समस्या समाधान गर्न मन्त्री विष्ट इलाम पुगे « Khabarhub

चिया मजदुरका समस्या समाधान गर्न मन्त्री विष्ट इलाम पुगे


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– डेढ महिनादेखि आन्दोलनरत चिया मजदुरको समस्या समाधान गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्ट शुक्रबार इलाम पुगेका छन् ।
गत चैत १७ गते श्रम ऐनमा तोकिएअनुसारको तलब र अन्य सुविधाको माग गदै चिया बगानमा काम गर्ने मजदुर आन्दोलन छन् । शुक्रबार विहान इलाम पुगेका मन्त्री विष्टले कन्याम चिया बगानका मजदुरसँग उनीहरुका समस्या र मागका बारेमा जानकारी लिएका थिए ।
अन्दोलनरत मजदुरले आफना समस्याका बारेमा मन्त्रीलाई विस्तृत जानकारी गराएपछि मन्त्री विष्टले श्रम ऐनअनुसार पारिश्रमिक नदिन कोही पनि व्यवसायीलाई सरकारले छुट नदिने आवश्वान दिएको कन्याम चिया बगानमा काम गर्ने मजदुर सरोज दाहालले जानकारी दिए ।
श्रम मन्त्री विष्टले सवै मजदुरका माग श्रम मन्त्रालय पुरा पर्ने आन्दोलनरत मजदुरसँगको भेटमा बताएको उनको भनाइ छ ।
मन्त्री विष्ट र चिया व्यवसायीबिच पनि आजै छलफल भएको थियो । मन्त्री विष्टसँग भएको छलफल पछि चिया व्यवसायीले श्रमिकहरुलाई सरकारले तोकेको न्युनतम पारिश्रमिक साउन १ गतेदेखि सबै चिया बगानमा लागू गर्ने, श्रम ऐन पुर्णरुपमा लागू गर्ने तयार भएका छन् ।
चिया बगानका मजदुर न्यूनतम पारिश्रमिक पाउने सहमति भएपछि आइतबारदेखि पुर्वका सवै चिया बगानका मजदुर आन्दोलन छोडेर काम फर्किने सहमति भएको छ ।

 

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ११ : १० बजे

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र