विदेश जाने एक विद्यार्थीका लागि त्रिबिकै परीक्षा सार्न पनिकालाई पत्र ! « Khabarhub

विदेश जाने एक विद्यार्थीका लागि त्रिबिकै परीक्षा सार्न पनिकालाई पत्र !


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपला ल क्याम्पसमा अध्ययनरत एक विद्यार्थीका लागि परीक्षा नै सार्न कलेज प्रशासनले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुलाई पत्राचार गरेको छ ।

बीएएलएलबी पाँचौँ वर्षमा अध्ययनरत ती विद्यार्थी विदेश जाने भएपछि त्रिभुवन विश्वविद्यालयको परीक्षा तालिका नै सार्न अनुरोध गर्दै कलेजले पत्र पठाएको हो । कलेज आफैले नभई विद्यार्थीले नै खोजेको कार्यक्रमका लागि ती विद्यार्थी विदेश जान लागेपछि कलेज प्रशासनले उनलाई सिफारिसदिएको छ । उनीसँगै अन्य दुई विद्यार्थी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुनेछन् ।

तीन जना विद्यार्थी विदेश जान लागेको भएपनि एक जना विद्यार्थी मात्र आगमी जेठ २७ गतेबाट सञ्चालन हुने भनिएको परीक्षाका परीक्षार्थी हुन् । अन्य दुई विद्यार्थी भने अन्य तहका रहेको बुझिएको छ । विदेश जान लागेका विद्यार्थी स्वदेश फर्किएपछि मात्र परीक्षा सञ्चालन गर्ने गरी तालिका मिलाउन कलेज प्रशासनले पत्राचार गरेको हो।

क्याम्पस प्रमुख डा डिएन पराजुलीले एक विद्यार्थी भए पनि सकेसम्म परीक्षा नछुटोस् भनेर बल्खुलाई पत्राचार गरेको बताए। अन्य विद्यार्थीले भने परीक्षा नसार्न दबाब दिएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ११ : ४३ बजे

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क