मेक्सिकोमा पत्रकारको हत्या, बार अगाडि फेला पर्‍यो शव « Khabarhub

मेक्सिकोमा पत्रकारको हत्या, बार अगाडि फेला पर्‍यो शव


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मेक्सिकोमा एकजना पत्रकारको गोली हानी हत्या गरिएको छ । मेक्सिकोको क्विन्टाना रु राज्यको प्लाया डेल कारमेन शहरको पर्यटकीय क्षेत्रमा स्थानीय पत्रकार फ्रान्सिस्को रोमेरोको हत्या भएको हो ।

उनको शव गोली लागेको अवस्थामा एक बार अगाडि फेला परेको स्थानीय अधिकारीले जनाएका छन् ।

उनी अपराधसम्बन्धी रिपोर्टिङ गर्ने गरेको जनाइएको छ । यसअघि उनले आफू अपहरणमा परेको र आफ्नो ज्यान खतरामा रहेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

उनको हत्यामा कुन समूहको हात छ भन्ने हालसम्म स्पष्ट नभए पनि त्यहाँ लागूऔषध तस्कर ग्याङ्गका सदस्यहरुले पत्रकारहरुको हत्या गर्दै आएका छन् ।

मेक्सिको विश्वमै सबैभन्दा धेरै पत्रकारहरुको हत्या हुने मुलुकको सूचीमा आउने गरेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  १२ : २८ बजे

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको