बहुदलीय जनवाद र नयाँ जनवादको सश्लेषण गरेर अघि बढ्नु पर्छ– प्रचण्ड « Khabarhub

बहुदलीय जनवाद र नयाँ जनवादको सश्लेषण गरेर अघि बढ्नु पर्छ– प्रचण्ड


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको बहुदलीय जनवाद र २१ औँ शताब्दीको जनवादलाई नयाँ सश्लेषण गरी अगाडि बढ्नु पर्ने बताएका छन् ।

छब्बीसौँ मदनआश्रित स्मृति दिवस तथा पार्टी एकताको एक वर्षका सर्न्दभमा शुक्रबार मदननगर बल्खुमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विकास भएका घटनाक्रम तथा अनुभवका आधारमा कम्युनिष्ट आन्दोलनलाई जनताप्रति उत्तरदायी बनाउनुपर्ने बताए ।

अन्तर्राष्ट्रिय रुपमा मार्क्सवाद सङ्कटमा परेको अवस्थामा मदन भण्डारीले तत्कालीन नेपाली समाजमा विद्यमान वर्ग सङ्घर्षलाई अन्त्य गर्न नयाँ विचारको प्रयोग गरेका कारण लोकप्रिय भएको बताउँदै प्रचण्डले भने, “पुराना सिद्धान्तलाई समयसापेक्ष विकास गरी कम्युनिष्ट आन्दोलनमा भण्डारीले वैचारिक दृष्टिकोण दिनुभएको हो ।” नयाँ परिस्थितिअनुसार समाजको आवश्यकतालाई सम्बोधन गर्न सक्ने राजनीतिक रणनीति विकास गर्न सकेमा मात्र हामी वैज्ञानिक सश्लेषण गर्न समर्थ हुन्छौँ”, उनले भने।

मुलुकमा सामाजिक न्याय, सामाजिक सुरक्षा, स्थायित्व र देश विकासको उद्देश्यले फरक परिवेशमा रहेका दुई पार्टी तत्कालीन एमाले र माओवादीबीच एकता भएको बताउँदै अध्यक्ष दाहालले एकता भाँड्नका लागि विभिन्न शक्ति केन्द्रबाट प्रयत्न भइरहेको र जनताको चाहना तथा नेतृत्वको सही दृष्टिकोणका कारण कसैको केही नलागेको बताए ।

उनले एक वर्ष अगाडि दुई पाटी एकीकरण गर्दा तीन महीनाभित्र एकता गरिने भनिएको भए पनि प्राविधिक कारणले ढिलो भएको जानकारी गराउँदै जनवर्गीय सङ्गठनको एकता हालै गरिएकाले अब केही दिनमा जिल्ला अधिवेशन गरी केही महीनाभित्र महाधिवेशन सम्पन्न गरिने योजना रहेको बताए ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  १२ : ४१ बजे

बाँकेको खजुरापिडारी नालामा बहुकोष्ठ कल्भर्ट निर्माण सुरु

जानकी– हुलाकी राजमार्गको नेपालगन्ज–गुलरिया सडक खण्डको बाँकेको पिडारी नालामा पक्की

विशेष महाधिवेशनको ‘काउन्टर’ मा हुने भनिएको युवा भेला स्थगित

काठमाडौं- ​नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् वरिष्ठ पत्रकार होमनाथ दाहालको

रास्वपासँगको एकता भंग भएपछि कुलमानले उज्यालो नेपालको अध्यक्ष पद सम्हाल्दै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भंग भएपछि पूर्वमन्त्री कुलमान घिसिङले

रेशमखेतीको बिस्तारबाट अर्थतन्त्रमा सुधार ल्याउन सकिन्छ : मन्त्री परियार

काठमाडौं– कृषि तथा पशुपन्छीमन्त्री डा. मदनप्रसाद परियारले रेशम उद्योगले ग्रामीण

कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौं–  नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले कठिन परिस्थिति