सयौं थुंगा गाउँदै भारतीय बालबालिका भन्छन्- हिन्दुस्थानको राष्ट्रियगान थाहा छैन « Khabarhub

सयौं थुंगा गाउँदै भारतीय बालबालिका भन्छन्- हिन्दुस्थानको राष्ट्रियगान थाहा छैन


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालको सीमा नजिकैको भारतको किशनगञ्ज जिल्लाको डल्लेगाउमा हुर्किरहेका बालबालिका नेपालमा आएर पढ्छन् । आफ्नो गाउँमा विद्यालय नभएपछि उनीहरु घन्टौ हिँडेर पढ्नकै लागि नेपाली भूमि आइपुग्ने गरेका छन् ।

भारतीय ‘मेन मिडिया’ले तयार पारेको भिडियो हेर्दा सबैलाई अचम्ममा पार्ने गरी उनीहरुले भन्छन् हामीलाई हाम्रो देशको राष्ट्रिय गान थाहा छैन । सयौं थुँगा गाउन सक्छौं ।’ अनि उनीहरुले लय हारेर नेपालको राष्ट्रियगान गाउँछन् ।

सयौ थुंगाफुलका हामी एउटै माला नेपाली गुनगुनाउदै किशनगञ्ज निवासी रमेश कुमार भन्छन् ‘भारतभन्दा बढी हामीलाई नेपाल र नेपाली वीरताको कथाबारे धेरै थाहा छ ।’

त्यस्तै रमेशकै साथी नवाज आलम भन्छन् ‘हामीलाई नेपाली राष्ट्रिय गानमात्र गाउन आउछ, किनभने हामी नेपाली स्कुलमा पढ्छौं, त्यहाँ भारतीय गान सिकाउने कुरा पनि त भएन ।’

त्यस्तै अन्य छात्र छात्राहरुले पनि भारतको बारेमा भन्दा बढी नेपालको बारे बढी थाहा भएको बताएका थिए ।

झापाको केचनाकवल गाउपालिकासँगै जोडिएको भारत किशनगञ्जका बालबालिकालाई नेपाली विद्यालय पनि प्यारो छ । भारतका शीर्ष नेताको थाहा नपाउने उनीहरु नेपालका भीमसेन थापा, पुष्पकमल दाहाल प्रचण्डका बारेमा खुलेरै बोल्न सक्छन् ।

अहिले भारत चुनाव भइरहेको छ । चुनावका बेला विकास निर्माणका विषयलाई उठाएर यस्ता समाचारहरु बाहिर आउने गरेका छन् ।

भारतीय बच्चा नेपालबाट देशशक्ति सिक्दै भन्ने शीर्षकमा युट्युवमा राखिएको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चित बन्दै गएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  १ : ०९ बजे

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं– जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीश