तनहुँमा प्रहरीको सर्च एण्ड स्विप अपरेसन, ३३ जना नियन्त्रणमा « Khabarhub

तनहुँमा प्रहरीको सर्च एण्ड स्विप अपरेसन, ३३ जना नियन्त्रणमा


२६ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ३३ जनालाई नियन्त्रणमा लिएको छ ।

लागुऔषध नियन्त्रण, जुवातास, अवैध मदिराको कारोबार, चोरी तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रण गर्नुका साथै शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले प्रहरीले विशेष अभियान सञ्चालन गरेको हो ।

अपरेसनका क्रममा नियन्त्रणमा लिइएकामध्ये चार जनालाई आफन्तको जिम्मा लगाएर छाडिएको छ भने बाँकी २९ जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार फरार प्रतिवादी पक्राउ, प्राकृतिक स्रोतसाधनको अनधिकृत प्रयोग रोकथाम तथा जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रहरीले यस्तो अभियानलाई निरन्तरता दिएको छ ।

यसैबीच, पोखरा–मुग्लिन सडकखण्डमा सवारी दुर्घटना न्यूनीकरणका लागि चालक सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको छ ।

कार्यक्रमअन्तर्गत विभिन्न सवारीसाधनका चालकलाई सडकको अवस्था, लेन अनुशासन र ट्राफिक नियमको पालना गर्नुपर्ने विषयमा जानकारी गराइएको छ ।

कार्यक्रममा ३९ वटा दुईपाङ्ग्रे, ६७ वटा साना चारपाङ्ग्रे र ५४ वटा ठूला सवारीसाधनका चालकलाई सचेत गराइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८३, बिहिबार  ११ : २० बजे

काठमाडौँ उपत्यकामा पनि छठ पर्वको तयारी सुरु

काठमाडौँ– छठ पर्वका लागि काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार, तलाउ

तनहुँमा प्रहरीको सर्च एण्ड स्विप अपरेसन, ३३ जना नियन्त्रणमा

तनहुँ– जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईले जिल्लाका

अमेरिकाका लागि रुसी राजदूत डार्चिभको निधन

काठमाडौँ -अमेरिकाका लागि रुसी राजदूत अलेक्जान्डर डार्चिभको ६६ वर्षको उमेरमा

पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी र समुदायकेन्द्रित बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल

अन्ताल्या– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपदबाट हुने मानवीय तथा भौतिक

संरक्षणको अभावमा कान्तिताल

बाँके– नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ वडामा अवस्थित कान्तितालमा संरक्षण र