मिडिया काउन्सिल विधेयकविरुद्ध देशभरका पत्रकार सडकमा | Khabarhub Khabarhub

मिडिया काउन्सिल विधेयकविरुद्ध देशभरका पत्रकार सडकमा


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकको विरोध देशभरका पत्रकारहरु सडकमा उत्रिएका छन् ।

प्रेस स्वतन्त्रताको हनन हुने गरी सरकारले मिडिया काउन्सिल सम्बन्धी कानून ल्याउन लागेको भन्दै पत्रकारहरु आन्दोलनमा उत्रिएका हुन् ।

विभिन्न सञ्चारमाध्यमसँग आवद्ध पत्रकारहरुले शुक्रबार पनि देशका विभिन्न ठाउँमा सरकारको विरोधमा सडकमा धर्ना दिएका छन् ।

काठमाडौंमा नेपाल पत्रकार महासंघको केन्द्रीय समिति र विभिन्न जिल्लामा जिल्ला शाखाको अगुवाइमा पत्रकारहरु विरोधमा उत्रिएका छन् ।

काठमाडौंमा शुक्रबार पत्रकारहरुले नयाँ बानेश्वरमा धर्ना दिएका छन् । संघीय संसद भवन नजिक पत्रकारहरुले मिडिया काउन्सिल विधेयक खारेज गर्नुपर्ने मागसहित धर्ना दिएका हुन् ।

पत्रकारहरुको प्रदर्शन तथा धर्नामा ‘प्रेस स्वतन्त्रता कायम गर’, ‘मिडिया काउन्सिल विधेयक खारेज गर’ लगायतका नारा लेखिएका ब्यानर तथा प्लेकार्ड समेत प्रदर्शन गरिएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ३ : ३१ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार