मिडिया काउन्सिल विधेयकविरुद्ध देशभरका पत्रकार सडकमा « Khabarhub

मिडिया काउन्सिल विधेयकविरुद्ध देशभरका पत्रकार सडकमा


३ जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकको विरोध देशभरका पत्रकारहरु सडकमा उत्रिएका छन् ।

प्रेस स्वतन्त्रताको हनन हुने गरी सरकारले मिडिया काउन्सिल सम्बन्धी कानून ल्याउन लागेको भन्दै पत्रकारहरु आन्दोलनमा उत्रिएका हुन् ।

विभिन्न सञ्चारमाध्यमसँग आवद्ध पत्रकारहरुले शुक्रबार पनि देशका विभिन्न ठाउँमा सरकारको विरोधमा सडकमा धर्ना दिएका छन् ।

काठमाडौंमा नेपाल पत्रकार महासंघको केन्द्रीय समिति र विभिन्न जिल्लामा जिल्ला शाखाको अगुवाइमा पत्रकारहरु विरोधमा उत्रिएका छन् ।

काठमाडौंमा शुक्रबार पत्रकारहरुले नयाँ बानेश्वरमा धर्ना दिएका छन् । संघीय संसद भवन नजिक पत्रकारहरुले मिडिया काउन्सिल विधेयक खारेज गर्नुपर्ने मागसहित धर्ना दिएका हुन् ।

पत्रकारहरुको प्रदर्शन तथा धर्नामा ‘प्रेस स्वतन्त्रता कायम गर’, ‘मिडिया काउन्सिल विधेयक खारेज गर’ लगायतका नारा लेखिएका ब्यानर तथा प्लेकार्ड समेत प्रदर्शन गरिएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७६, शुक्रबार  ३ : ३१ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको