स्वयम्भूमा बनाइएको नयाँ गेट महानगरले भत्कायो | Khabarhub Khabarhub

स्वयम्भूमा बनाइएको नयाँ गेट महानगरले भत्कायो


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वम्भूको पूर्वी गेटमा निर्माण गरिएको नयाँ प्रवेशद्वार महानगरपालिकाले भत्काएको छ ।

स्वयम्भू संरक्षण महासमितिको स्वीकृति रहेको भन्दै मनाङ समाज नामक संस्थाले गेट बनाउन सुरु गरेपछि स्थानीयले चर्को बिरोध गरेका थिए ।

विनाशकारी भूकम्पले गेट भत्किएसँगै सम्पदा क्षेत्रमा ठूला गेट नबनाउने निर्णय पुरात्तव विभागले गरेको थियो ।

तर उक्त संस्थाले पुरातत्व विभागसँग अनुमति नलिइ गेट निर्माण गरेपछि शुक्रवार महानगरको स्रोत र साधन प्रयोग गरेर गेट भत्काइएको सम्पदा बचाउ अभियान संघर्ष समितिका अध्यक्ष गणपतिलाल श्रेष्ठले जानकारी दिए ।

पुनर्निर्माण गर्ने क्रममा क्रंक्रिटको गेट हालेको र पुराना संरचनालाई मास्दै नयाँ संरचना बनाएको भन्दै स्थानीय र सम्पदा बचाउ अभियानकर्ताहरुले वडा कार्यलय, महानगर तथा पुरातत्व विभागलाई ध्यानकर्षण समेत गराएका थिए ।

विश्वसम्पदा क्षेत्रमा पुरातत्व विभागको अनुमति बिना कुनै पनि संरचना फेरबदल गर्न नपाइने नियम छ ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ३ : ५४ बजे

करिब ३१ किलो गाँजासहित दुई जना पक्राउ

मकवानपुर – हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब

नागढुङगा सडक एक सातासम्म आंशिक रुपमा बन्द 

काठमाडौं– नागढुङगा सडक आजदेखि आउँदो मङ्सिर ५ गतेसम्म दिनमा आंशिक

निर्मला प्रकरण टुङ्ग्याउन नयाँ शिराबाट अनुसन्धान गर्दै सीआईबी

काठमाडौं- निर्मला पन्त हत्या प्रकरणमा विभिन्न अनुसन्धान गर्न एक महिनादेखि

संविधान संशोधन गरेर प्रदेशको अधिकार बढाऊँ : मुख्यमन्त्री कार्की

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधान संशोधन गरेर

फिलिपिन्समा उसागीको आतंक : हजारौं मानिसलाई सुरक्षित क्षेत्रमा सारियो

एजेन्सी– फिलिपिन्सले ‘उसागी’ नाम दिइएको विनाशकारी आँधीको चेतावनीपछि बिहीबार प्रभावित