रवी लामिछाने र निकिताको नगरकोटमा बिहे, पाहुनालाई होटलमा राख्न कार्डमा नै राखियो कोठा नम्बर | Khabarhub Khabarhub

रवी लामिछाने र निकिताको नगरकोटमा बिहे, पाहुनालाई होटलमा राख्न कार्डमा नै राखियो कोठा नम्बर


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र विकास बोर्डकी पूर्व अध्यक्षसमेत रहेकी निकिता पौडेल र पत्रकार रवी लामिछानेले परम्परागत विवाहको कार्यक्रम आजको लागि तय भएको छ ।

पत्रकार लामिछानेसँग यसअघि नै कानूनी विवाह गरिसकेकी पौडेलको आज परम्परागत रुपमा विवाह तय भएको थियो  । गत माघ सात गते कानूनी रुपमा विवाह गरेका लामिछाने र पौडलले यसअघि नै वैशाखमा परम्परागत विवाह गर्ने बताएका थिए ।

उनीहरुको विवाह नगरकोटको होटल मिस्टिक माउन्टेनमा परिवारका सदस्य र आफन्तको उपस्थितिमा तय भएको हो । विवाहको कार्यक्रम साँझ पाँच बजेबाट शुरु भएको छ । अतिथिलाई होटलमा बस्ने र भोलि (शनिवार)  ब्रेकफास्टको समेत व्ववस्था गरिएको छ । बिवाह कार्यक्रममा बोलाइएका पाहुनाका लागि वस्ने कोठा नम्बर समेत विवाहको कार्डमा नै उल्लेख गरिएको छ ।

निकितासँग कानूनी विवाह गर्नुपूर्व पत्रकार लामिछानेले पत्नी इशा श्रेष्ठसँग सम्बन्ध विच्छेद गरेका थिए । निकिता पनि पतिसँग डिभोर्स गरेर बसेकी थिइन् ।

पत्रकार लामिछानेसँग कानूनी विवाह गरेपछि पौडेलले चलचित्र विकास बोर्डको अध्यक्षबाट माघ २२ गते राजीनामा दिएकी थिइन् । व्यक्तिगत जीवनमा व्यस्त हुनेपर्ने भएका कारण आफूले बोर्डबाट राजीनामा दिएको उनले बताएकी थिइन् । कालिकोटमा निर्माण हुने रास्कोट सामुदायिक अस्पतालकालागि आफूले समय दिने उनले राजीनामा पत्रमा उल्लेख गरेकी थिइन् ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ६ : २६ बजे

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १३७ मुद्दा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा

विश्व एक्वेटिक्समा चार पौडी खेलाडी

काठमाडौं – सिङ्गापुरमा आयोजना हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट चार

एडीबीको सहयोगमा बन्ने घट्टेखोला–धम्पुस–खानी गाउँ सडक शिलान्यास

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुस पुग्ने प्रमुख

साताका समाचार : एमालेले छेक्यो विद्या भण्डारीलाई, तराई-मधेशमा चर्को खडेरी र युद्धमा उत्रिए थाइल्याण्ड र कम्बोडिया

पूर्वराष्ट्रपति भण्डारीको चेतावनी : मेरो सदस्यता केही मुठ्ठीभरहरूले रोक्न सक्दैनन्