दम, माइग्रेनदेखि क्यान्सरसम्म निको पार्ने रिट्ठाको प्रयोग कसरी गर्ने ? « Khabarhub

दम, माइग्रेनदेखि क्यान्सरसम्म निको पार्ने रिट्ठाको प्रयोग कसरी गर्ने ?


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

आयुर्वेदिक औषधि मानिसको स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।  प्राचीन समयदेखि नै आयुर्वेदिक औषधिको महत्व दिनप्रतिदिन बढ्दो छ । हाम्रो पृथ्वीमा पाइने जति पनि सजिव बनस्पति छन् अधिकांशमा औषधीय गुण हुन्छ ।

कति थाहा पाएर पनि हामीले प्रयोगमा ल्याएका हुँदैनौं त केही थाहा नपाएर पनि प्रयोग विहीन अवस्थामा छन् । थाहा पाउँदा पाउँदै पनि केही वनस्पतीहरुको हामीले राम्रोसँग सदुपयोग गरिरहेका हुँदैनौं । त्यस्तै मध्येको एक हो– रिट्ठा ।

दम रोगदेखि माइग्रेन र क्यान्सरसम्म ठीक पार्ने रिट्ठाको दानाको समुचित प्रयोग कसरी गर्ने यसबारे  हामीलाई जानकारी छैन । रिट्ठा एक किसिमको फल हो जसलाई सुकाएर साबुन, डिटर्जेन्ट र श्याम्पू बनाउन प्रयोग गरिन्छ । रिट्ठा र त्यसको पाउडर पनि सजिलै पाइन्छ । यसको प्रयोग कपाललाई बलियो र कालो बनाउनका लागि गरिन्छ अनि यसले स्वास्थ्य सम्बन्धी धेरै समस्या समाधान गर्छ ।

माइग्रेन भएपछि शिरको आधी भागमा चर्को पीडा हुन्छ । रिट्ठाको प्रयोगले पीडाबाट राहत पाउन सकिन्छ । रिट्ठाको धूलोमा अलिकति मरिच र पानी मिसाउनुस् । यो घोललाई चारपाँच थोपा नाकमा हाल्दा माइग्रेनको पीडा भाग्छ ।

त्यसैगरी दमको रोगीलाई सास लिन अप्ठ्यारो हुन्छ अनि धूलो र धुवामा त खपिनसक्नु खोकी लाग्छ । यस्तो अवस्थामा पाँच ग्राम रिट्ठाको धूलोमा २५० मिलिलिटर पानी मिसाएर काँढा बनाएर पिउँदा लाभ हुन्छ ।

दिनमा दुई तीनचोटि काँढा पिउँदा कफ ठीक हुन्छ र सास फेर्न सजिलो हुन्छ । दाँत दुखेमा रिट्ठाका बिउलाई तावामा भुटेर त्यस बराबर फिटकिरी मिसाएर पिस्नुस् । अब यसलाई दाँतमा दल्नुस् । आराम पाउनुहुनेछ । आउँ पर्ने आउँ पर्दा दिसासँग रगत आउँछ र असाध्यै पीडा हुन्छ ।

यस्तो अवस्थामा पनि रिट्ठाको प्रयोग गर्न सकिन्छ । आधा लिटर पानीमा रिट्ठाको धूलो हालेर पकाउनुस् र चिसो भएपछि आधी कप पिउनुस् । दिनदिनै यो पानी पिउँदा आउँ ठीक हुन्छ । अनियमित रजस्वला यसका लागि रिट्ठाको धूलो दुई ग्राममा अलिकति मह मिसाएर खाँदा रजस्वला नियमित हुन्छ ।

रिट्ठाको धूलो सेवनले विभिन्न अंगको क्यान्सरबाट बचाउँछ । घाउ खटिरा तथा छाला सम्बन्धी रोगमा पनि रिट्ठाको पानीले औषधिको काम गर्छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ७ : ३६ बजे

मधेशमा गगनको सन्देश : अन्तर्घात र गुटको अन्त्य भए कांग्रेसले बहुमत सीट जित्छ

काठमाडौं– पाँच दिन लामो बसाइपछि कांग्रेस सभापति गगन थापा सर्लाहीबाट

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी