गाँजाको प्रयोग सबैभन्दा पहिला चीनबाट भएको प्रमाण फेला « Khabarhub

गाँजाको प्रयोग सबैभन्दा पहिला चीनबाट भएको प्रमाण फेला


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अनुसन्धानकर्ताहरुले पश्चिमी चीनको केही क्षेत्रमा गाँजाको बोटको उपयोगको शुरुवातको प्रमाण फेला परेको दाबी गरेका छन् ।

अनुसन्धानका अनुसार गाँजाको बोटको उपयोग २ हजार ५ सय वर्ष पहिलाबाट गरिएको थियो । र, यो शायद त्यस समयको परम्परा या धार्मिक गतिविधिसँग जोडिएको थियो ।

गाडिएको अवस्थामा फेला परेका काठमा गाँजाको ज्वलन पदार्थबाट यसको पहिचान भएको हो ।

गाँजामा साइकोएक्टिव कम्पाउन्ड टीएचसीको उच्च स्तर पाइएको छ । मानिसहरु यसको प्रभावमा राम्रोसँग जानकार रहेको अनुमान गरिएको छ ।

पूर्वी एशियामा गाँजाको बोटको खेती कम्तिमा पनि ४ हजार इसा पूर्व भएको थियो । गाँजाको तेल र फाइबरका लागि यसको उत्पादन शुरु भएको थियो ।

गाँजाको शुरुवाती खेतीमा टीएचसीको मात्रा निम्न स्तरमा पाइन्थ्यो । गाँजाको यो ज्वलन पदार्थ उच्च पहाडी क्षेत्रमा फेला परेको छ ।

वैज्ञानिकहरुका अनुसार त्यतिबेलाका मानिसले गाजाँको बोट बाट बनेको अफिमलाई आगोमा जलाएर त्यसको प्रयोग प्रयोग गर्थे ।

उच्च वातावरणमा गाँजाको बोटमा टीएचसी बढी हुने बताइएको छ, किनकी उच्च स्थानमा तापक्रम र पोषक तत्व कम हुन्छ ।
अध्ययनबाट यो प्रस्ट भएको छ कि गाँजाको बोट नशाका लागि प्रयोग हुन्थ्यो ।

चीनको शिनजियांग क्षेत्रमा र रुसको अल्टाई पहाडमा फेला परेको प्रमाणमा पनि गाँजा फेला परेको दाबी गरिएको छ । यसका अलावा यहाँ पाइएको मानिसको हड्डिमा गरिएको परीक्षण अनुसार केही मानिस स्थानीय थिएनन् । उनीहरुको विकास उक्त स्थानमा भएको थिएन ।

जर्मनीका जेनामा म्याक्स प्लैंक इन्स्टीच्यूट फर द साइन्स अफ ह्युमन हिस्ट्रीका निर्देशक निकोल बोइविनले भने,‘योज यो कुराको समर्थन गर्छ कि सबैभन्दा पहिला गाँजाको बोटको उपयोग पूर्वी मध्य एशियाको पहाडी क्षेत्रमा भएको थियो, पछि यो पूरै विश्वमा फैलिएको थियो ।’

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ७ : ४२ बजे

पाँचथरमा कांग्रेस अगाडि

पाँचथर– पाँचथर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ

बैतडी–१ मा रास्वपाका हरि र एमालेका दामोदरबीच कडा प्रतिस्पर्धा

बैतडी- बैतडी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र

तत्कालै राप्रपा छोडेर स्वतन्त्र रहने रवीन्द्र मिश्रको घोषणा

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचनमा हारेपछि रवीन्द्र मिश्रले

अछाम–१ मा भीम रावल पछि परे, कांग्रेसका भरतकुमार स्वाँर अघि लागे

अछाम– अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार

हुम्ला प्रतिनिधिसभा अपडेट : नेकपा अग्रस्थानमा

हुम्ला– हुम्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्रको जारी मतगणनाअनुसार नेपाली कम्युनिष्ट पार्टीका दीपेन्द्र रोकाया अग्रस्थानमा