ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार सवारीसाधन कारवाहीमा « Khabarhub

ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार सवारीसाधन कारवाहीमा


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीमा चालू आर्थिक वर्ष २०७५/७६ को ११ महीनाको अवधिमा पाँच हजारभन्दा बढी सवारीसाधन कारवाहीमा परेका छन् ।

साउनदेखि जेठ महीनासम्म ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार ३५६ सवारीसाधनका धनी तथा चालकलाई कारवाही गरेर रु ३६ लाख ७० हजार राजश्व सङ्कलन गरेको छ ।

नियमविपरीत सवारीसाधन चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने र आवश्यक कागजातविना सवारी चलाउने ट्रक÷टिपर, बस, जिप, कार, भ्यान, ट्र्याक्टर, मोटरसाइकल, स्कुटरका चालक र सवारीधनीलाई कारवाही गरिएको प्रहरी सहायक निरीक्षक मित्रलाल ढकालले जानकारी दिए ।

ट्रक/टिपर ८९७, बस ९२८, जिप कार भ्यान एक हजार ९९०, ट्र्याक्टर ५४५, मोटरसाइकल स्कुटर ९१७ लाई कारवाही भएको छ । ९४ सवारी चालकलाई मादक पदार्थ सेवन गरेर सवारी चलाएकोमा कारवाही गरिएको कार्यालयका प्रहरी जवान बैकुण्ड पौडेलले जानकारी दिए । यस वर्ष म्याग्दीमा सात दुर्घटनामा दुईको मृत्यु, पाँच सिकिस्त घाइते, १३ समान्य घाइते र दुई बेपत्ता भएका छन् ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ९ : ०१ बजे

शेरबहादुर भन्छन् : रास्वपाले पाएको मतको ‘केमिकल जाँच’ हुनुपर्छ

काठमाडौं– नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले फागुन निर्वाचनमा पार्टीले

अन्तर्राष्ट्रिय तेल आपूर्ति सुरक्षित गर्न ट्रम्पको पहल

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार करिब सात देशलाई हर्मुज

वाणिज्य विभागले भन्यो : व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने ग्यासको

योगेशले राष्ट्रपतिलाई भने : संविधान र लोकतन्त्र जोगाउनु भएकोमा उच्च सम्मान

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई

करेन्ट लागेर एक जनाको मृत्यु

मान्म– कालीकोटमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।