बजेट टेबलले प्रदेश दुईमा ‘लफडा’– सत्तापक्षले अपमान गरेको नेकपाको आरोप « Khabarhub

बजेट टेबलले प्रदेश दुईमा ‘लफडा’– सत्तापक्षले अपमान गरेको नेकपाको आरोप


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– आइतबार प्रदेश सरकारहरुले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन् । तर, प्रदेश नम्बर दुईमा भने विपक्षी सांसदको अनुपस्थितिमै बजेट टेबल भएको भन्दै विरोध भएको छ ।

समाजवादी पार्टी र राजपा नेतृत्वको सरकार रहेको प्रदेश दुईमा नेकपा र नेपाली कांग्रेसले यस्तो प्रकृयाको विरोध गरेका छन् ।
सांसदहरु बाहिरिएको बेलामा बजेट टेबल गरिएको भन्दै विपक्षीहरुले विरोध गरेका छन् ।

सत्ता पक्ष बाहिरिएको बेलामा बजेट टेबल गरिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपाले विरोध गरेको छ ।

आइतबार साँझ बजेट भाषण सकिएसँगै आधा घन्टाका लागि बैठक स्थगित गरिएको थियो । त्यसपछि बजेटको छलफलका लागि भन्दै सांसदहरु आफ्नो आफ्नो संसदीय दलमा पुगेका थिए र निर्धारित समयमा नआएपछि बैठक बसेको सत्तापक्षले दाबी गरेको छ ।

प्रमुख प्रतिपक्षी नेकपाले आफूहरुको अनुपस्थितिमा बजेटलाई टेबल गरिएको भन्दै आपत्ति जनाउँदै संसद चल्न नदिने घोषणा गरेको छ ।

नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डलले केही समय ढिलो हुँदैमा प्रतिपक्षी अनुपस्थित बैठकमा बजेट टेबुल गराउनु गलत भएको र यसले विपक्षीको अपमान भएको बताए ।

उनले यो अपमानको जमाफ सरकारले दिनु पर्ने भन्दै ठोस जवाफ नदिएसम्म संसद अवरुद्ध पार्ने चेतावनी दिए ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ९ : २७ बजे

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल

काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व

कैलाली भन्सारबाट ५ अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच अर्ब

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

दाङ– दाङको देखुरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु