आतंकवाद निर्मूल पार्न आपसी समन्वय र सहकार्य आवश्यकः मन्त्री पोखरेल « Khabarhub

आतंकवाद निर्मूल पार्न आपसी समन्वय र सहकार्य आवश्यकः मन्त्री पोखरेल


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा चुनौतीका विषयमा सवै सचेत हुनेपर्नेे बताएका छन् ।

सुरक्षा चुनौती राष्ट्रिय सिमाभित्र मात्र सीमित नरहने भन्दै उनले यसका लागि सवै राष्ट्रहरुबीच समन्वय, सहयोग र सहकार्यको आवश्यकता रहने बताएका हुन् ।

नेपाली सेनाले पहिलो पटक आयोजना गरेको राष्ट्रिय सुरक्षा र प्रतिआतंकवाद सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रममा मन्त्री पोखरेलले आतंकवादी गतिविधि रोक्न राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय प्रयासको आवश्यकता रहेको औल्याए ।

उनले आतंकवाद मानवता र अन्तर्राष्ट्रिय सुरक्षामा जटिल चुनौती बन्दै गएको सन्दर्भमा यसलाई निर्मूल पार्न सवैको सहकार्यबाट मात्रै सम्भव हुने बताए ।

कार्यक्रममा विशेषज्ञ श्रीलंकाका प्राध्यापक डाक्टर रोहन गुणरत्नले आतंकवाद कुनै एक देशको समस्या नभई सामुहिक समस्या भएको जिकिर गरे । यसको निराकरणको लागि आन्तरिक रुपमा राज्यका विभिन्न संयन्त्रहरु परिचालित हुनेपर्ने बताए ।

उनले अन्तर्राष्ट्रि क्षेत्रमा मित्रराष्ट्रहरुबीच समेत आपसी समन्वय, सहयोग र सहकार्य अत्यन्तै महत्वपूर्ण रहने तर्क गरे ।
कार्यक्रममा ईजरायलका राजदूत वेन्नी ओमरले आफ्नो देशमा आतंकवादले खडा गरेका चुनौती र त्यसको निराकरणको लागि चालिएका कदमहरुबारे जानकारी गराएका थिए ।

कार्यक्रममा विभिन्न देशका राजदूतहरु, नेपाली सेनाका बहालवाला तथा अवकास प्राप्त रथी लगायत अन्य उच्चपदस्त अधिकारीहरु सहभागी भएका थिए ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ९ : ४८ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्