काठमाडौंमा साढे ३३ डिग्री पुगेको तापक्रम अझै कति बढ्छ ? « Khabarhub

काठमाडौंमा साढे ३३ डिग्री पुगेको तापक्रम अझै कति बढ्छ ?


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक सातायता काठमाडौंको तापक्रम अत्याधिक रुपमा बढेको छ । लगातार बढेको तापक्रमले काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन समेत प्रभावित बन्दै गएको छ ।

तराईका साथै पहाडी जिल्लामा समेत तापक्रम बढेका कारण जनजिवन प्रभावित भएको हो । तराईका कतिपय स्थानमा विद्यालय बन्द गरिएका छन् ।  अत्याधिक गर्मी बढेका कारण विद्यार्थी विद्यालय जान सक्ने अवस्था नभएपछि विद्यालय बन्द गरिएका हुन् ।

काठमाडौँमा गत शुक्रबार यस वर्षकै सबैभन्दा बढी तापक्रम मापन गरिएको थियो । शुक्रबार काठमाडौँमा ३३.५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । शनिबार नेपालगञ्जमा अधिकतम तापक्रम ४३ डिग्री पुगेको थियो । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशैभरको तापक्रम अब भने नबढ्ने जनाएको छ ।

आइबार दिउँसोदेखि स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव बढ्ने भएकाले थप गर्मी भने नबढ्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान छ । साेमबार काठमाडौंको तापक्रम ३० डिग्री सेल्सियसको आसपास रहेको छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ११ : २३ बजे

शेरबहादुर भन्छन् : रास्वपाले पाएको मतको ‘केमिकल जाँच’ हुनुपर्छ

काठमाडौं– नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले फागुन निर्वाचनमा पार्टीले

अन्तर्राष्ट्रिय तेल आपूर्ति सुरक्षित गर्न ट्रम्पको पहल

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार करिब सात देशलाई हर्मुज

वाणिज्य विभागले भन्यो : व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने ग्यासको

योगेशले राष्ट्रपतिलाई भने : संविधान र लोकतन्त्र जोगाउनु भएकोमा उच्च सम्मान

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई

करेन्ट लागेर एक जनाको मृत्यु

मान्म– कालीकोटमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।