कांग्रेसले संसदबाट भन्यो– गुठी विधेयकविरुद्धको आन्दोलनमा हाम्रो पनि साथ छ « Khabarhub

कांग्रेसले संसदबाट भन्यो– गुठी विधेयकविरुद्धको आन्दोलनमा हाम्रो पनि साथ छ


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी विधेयक तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले गुठी विधेयकको विरुद्धमा सडकमा चलेको आन्देलनको कांग्रेसले समर्थन गर्ने पनि जनाए ।

गुठी विधेयकको विरुद्ध आन्दोलन चर्किदै जाने भन्दै उनले तत्काल उक्त विधेयक फिर्ता लिन पनि सरकारसँग माग गरे ।

नेपाल र नेपाली समाजको धार्मिक, सांस्कृति, सामाजिक मुल्य मान्यता र मौलिक पहिचानलाई नै समाप्त पार्ने गरि सरकारले विधेयक ल्याएको बडुको आरोप छ ।

गुठी विधेयक फिर्ता नलिए गम्भीर परिस्थिति सिर्जना हुने उल्लेख गर्दै बडुले भने, ‘समयमै सचेत नभए उत्पन्न गम्भीर परिस्थितिका लागि सरकार स्वयम् जिम्मेवार हुनुपर्ने छ ।’

प्रधानमन्त्रीले ‘सोचिने छ, विचार गरिने छ’ भन्ने र सरकारकै प्रवक्ताले ‘सामन्ती अवशेष समाप्त पारि छाडिने’ भन्ने अभिव्यक्ति दिँदै आएको उल्लेख गर्दै बडुले अगाडि भने, ‘कुटे जस्तो र रोए जस्तो सरकारको दोहोरो चरित्र स्वीकार्य हुन सक्दैन । विधेयक फिर्ता लिइयोस् ।’

सभामुखले सोमबारको बैठक प्रारम्भ भएको जानकारी गराए लगत्तै नेपाली कांग्रेस र राजपाका सांसदहरुले उभिएर सभामुखको ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुखले सांसद बडू र राजपाका सांसद लक्षमण लाल कर्णलाई बोल्नका लागि समय दिएका थिए ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ११ : ३० बजे

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल

काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व

कैलाली भन्सारबाट ५ अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच अर्ब

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

दाङ– दाङको देखुरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु