ओशोका वाणी– तपाईंको जिन्दगी समस्या हैन, सुन्दर उपहार हो « Khabarhub

ओशोका वाणी– तपाईंको जिन्दगी समस्या हैन, सुन्दर उपहार हो


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

आध्यात्मिक क्षेत्रमा चर्चित नाम हो– गुरु ओशो । भारतको मध्यप्रदेशस्थित कचवाडमा जन्मिएका गुरु ओशो वाल्यकालदेखि नै शान्त र गम्भीर स्वभावका थिए । उनी दर्शन शास्त्रमा विशेष रुची राख्थे ।

उनले आफ्नो जीवनकालमा १ लाख ५० हजार किताब पढेको पनि भन्ने गरिन्छ ।  उनको मृत्यु सन् १९९० जनवरी १९ मा भयो ।

आज हामीले  तिनै दार्शनिक तथा आध्यात्मिक गुरु ओशोका केही भनाइहरु यहाँ उल्लेख गरेका छौं, जुन तपाईंको जीवन परिवर्तनका लागि ‘प्रेरक वाणी’ बन्न सक्छन् ।

– सामान्यभन्दा सामान्य कुराहरुमा जिउने बानी भनेकै तपाईंका लागि सबैभन्दा ठूलो सम्पत्ति हो ।

– तपाईंको आत्माको सबैभन्दा ठूलो रोग भनेकै गम्भीरता हो र निरोग चाहिँ चञ्चलता हो ।

– तपाईं यो बुझ्नुस् कि प्रेम भनेको एउटा पंक्षी हो । यसलाई स्वतन्त्र उड्न दिनुपर्छ, जसलाई फैलिनको लागि पूरा आकाशको आवश्यकता पर्दछ ।

– यो कुरा याद राख्नुहोस् कि तपाईं जे सोच्नुहुन्छ त्यही नै बन्नुहुन्छ ।

– कुनैपनि स्त्रीलाई अरु केही सँग तुलना नगर्नुहोस्, किनकि उनी इश्वरले बनाएको विश्वको सुन्दर र उत्कृष्ट कृति हुन् ।

– तपाईं यो कुरा पनि विचार गर्नुस् कि हरेक मनुष्यलाई डरको माध्यमबाट नै शोषण गर्ने गरिन्छ ।

– तपाईंलाई कसैसँग पनि कुनै किसिमको प्रतिस्पर्धाको आवश्यकता पर्दैन, तर तपाईं स्वयममा जिउन सिक्नुपर्छ । त्यो नै तपाईंको सहि निर्णय हुनेछ ।

– मूर्ख मान्छे सधैं अरुप्रति लक्षित भएर हाँस्छ, तर बुद्धिमान मान्छे स्वयं आफैमा हाँस्छ ।

– यो कुरा ध्यान दिनुहोस् की तपाईंलाई सत्यसँग परिचित हुनु छ भने कुनै कुरा गर्दा हो र होइन भन्नेमा निर्धक्क विचार राख्नुहोस् ।

– सधैं एउटा कुरमामा विचार गर्नुहोस् कि तपाईंको जिन्दगी तपाईंका लागि कुनैपनि हालतमा समस्या हुँदै होइन यो त एउटा सुन्दर उपहार हो ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ११ : ४७ बजे

अमेरिका–इरान तनाव घटाउन पाकिस्तानी उच्चस्तरीय टोली इरान भ्रमणमा

काठमाडौं– अमेरिका र इरानबीच जारी तनाव तथा द्वन्द्व अन्त्यका लागि पाकिस्तानले

मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य

काठमाडौं– मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा

घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा व्यस्त, वार्षिक पाँच लाख आम्दानी

काठमाडौं– घुमारचोक र लप्सेका किसानहरु इस्कुसखेतीमा रमाइरहेको ३५ वर्ष नाघेको छ

कांग्रेस महाधिवेशन रोक्न देउवा समूह सर्वोच्च पुग्यो

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै सभापति शेरबहादुर देउवा

चार महिनापछि विधिपूर्वक सदनमा आउँदै प्रधानमन्त्री, ११ सांसदका प्रश्नको सामना गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि विधिपूर्वक प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा