‘आप्पा’ को गीतमा बाबु बने दयाहाङ « Khabarhub

‘आप्पा’ को गीतमा बाबु बने दयाहाङ


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  चलचित्र ‘आप्पा’ को गीत सार्वजनिक भएको छ ।  दयाहाङ राई बुबाको भूमिकामा देखिएको यो फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचारमा टेवा पुग्ने गरी गीत सार्वजनिक गरेको हो ।

‘साउने झरी’ बोलको ओएसटी गीतमा बाबु-छोराको सम्बन्ध र यात्रालाई देखाइएको छ । फिल्मका मुख्य कलाकार दयाहाङ राई र बाल कलाकार रोनीत सरकारलाई गीतको भिडियोमा देख्न सकिन्छ ।

यस्तै गीतमा उमेश उपमाको शब्द रचना छ भने निर्देशक अनमोल गुरुङ र शैकातको संगीत र विज्ञमा बराईलीको स्वर सुन्न सकिन्छ । त्यसै गरी सिनेमालाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । लेखक तथा निर्देशक गुरुङका अनुसार यो फिल्म मनोरञ्जनात्मक सिनेमा हो ।

कार्यकारी निर्माता माबो चेम्जोङ्ग रहेको यो फिल्म अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको हो । फिल्ममा  रुदेन सादा लेप्चाको लगानी रहेको छ ।

आउँदो असार १३ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको  नेपाल तथा भारतमा एकसाथ रिलिज हुने जनाइएको छ ।

यो फिल्ममा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको समेत मुख्य भुमिका छ ।

 

प्रकाशित मिति : २ असार २०७६, सोमबार  १२ : २७ बजे

भर्‍याङ चढेर कैदी भागेपछि…

गण्डकी– कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय

डडेल्धुरामा किबीखेती विस्तार

डडेल्धुरा– डडेल्धुरामा किबीखेती विस्तार हुँदै गएको छ । जिल्लामा किबीखेती

कात्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्गमा सवारी शुल्क लाग्ने

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका

बुढीगण्डकी बाढीबाट माछाखोलामा करोडौँको क्षति (तस्बिर)

गोरखा– असोज २५ गते आएको बाढीले गोरखाको धार्चे गाउँपालिका–५ स्थित