सुरक्षाकर्मीको घेरामा बसेर बिरामी जाँच्दै डडेल्धुरा अस्पतालका चिकित्सक | Khabarhub Khabarhub

सुरक्षाकर्मीको घेरामा बसेर बिरामी जाँच्दै डडेल्धुरा अस्पतालका चिकित्सक


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डडेल्धुरा अस्पतालमा सुत्केरीको मृत्यु प्रकरणमा चिकित्सकको गल्ती नभएको बताइएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट डेडेल्धुरा पुगेको छानबिन कमिटिको प्रारम्भिक अनुसन्धानले अमरगढी नगरपालिकाकी २५ वर्षीया गीता ताम्राकारको मृत्यु प्रकरणमा चिकित्सकको गल्ती नभएको जनाएको छ ।

चिकित्सकले उपचारको प्रयास गर्दागर्दै पनि अत्यधिक रक्तश्रावका कारण ताम्राकारको मृत्यु भएको छानबिन कमिटिको प्रारम्भिक अनुसन्धानले देखाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले खबरहबलाई बताए ।

‘आइतबार बिहान स्वास्थ्य मन्त्रालयको ३ जनाको छानबिन टोली डडेल्धुरा गएको थियो, उहाँहरुले त्यहाँ घटनाको विषयमा अध्ययन गर्नुभयो,’ प्रवक्ता श्रेष्ठले भने, ‘१५ दिन अघि शल्यक्रिया गरेर सुत्केरी भइ घर फर्किएकी बिरामीको रक्तश्राव हुँदा ढिलो अस्पताल ल्याइएको थियो, अस्पतालले १० दिनसम्म रगत चढाएको छ, चिकित्सकले उपचारको प्रयास गरेका छन्, सुत्केरीको मृत्युमा चिकित्सकको कुनै गल्ती नभएको स्वास्थ्य मन्त्रालयको छानबिन कमिटिको प्रारम्भिक अध्ययनले देखाएको छ ।’

घटनाको विषयमा स्वास्थ्य मन्त्रालयको टोलीले थप अनुसन्धार गरीरहेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

जेठ ३१ गते ताम्राकारको उपचारको क्रममा मृत्यु भएपछि डडेल्धुरा अस्पताल तनावग्रस्त भनेको थियो ।  मृतकका आफन्तलले चिकित्सकको लापारबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै अस्पताल परिसरमा नाराबाजी र विरोध गरेका थिए ।  स्थानीयको विरोधपछि अस्पतालको सेवा प्रवाहमा समस्या भएको र आफुहरु असुरक्षित भएको भन्दै चिकित्सकहरुले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराए ।

तर, प्रमुख जिल्ला अधिकारीले नै धम्की दिएको भन्दै आइतबार अस्पतालमा कार्यरत ११ जना चिकित्सकले सामुहिक बिदा मागेका थिए । अस्पतालमा काम गर्ने वातावरण नभएको भन्दै अस्पतालका सबै चिकित्सकले सामुहिक बिदा मागेर हिँडेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार नै ३ सदस्यीय छानबिन टोली डडेल्धुरा पठाएर घटनाको विषयमा छानबिन शुरु गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी प्रशासन तर्फमा उपसचिव भानुभक्त न्यौपाने, स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाकी डा पुण्या पौडेल र जिल्ला अस्पताल बैतडीका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर वसन्त जोशी सहितको ३ सदस्यीय टोली डडेल्धुरा पठाएको हो ।

सुरक्षा घेरामा बसेर बिरामी जाँच्दै चिकित्सक

स्थानीय प्रशासनले सुरक्षा नदिएको भन्दै आइतबार सामुहिक बिदा मागेका डडेल्धुरा अस्पतालका चिकित्सकहरुले सोमबार सुरक्षा घेरामा रहेर स्वास्थ्य सेवा दिइरहेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा सुरक्षाको माग गर्दा प्रमूख जिल्ला अधिकारीले नै धम्की दिएको भन्दै आइतबार अस्पतालका सबै चिकित्सकले सामुहिक बिदा मागेपछि जिल्ला प्रशासन कार्यालयले सोमबारदेखि सुरक्षाकर्मीको टोली अस्पतालमा खटाएको छ ।

स्थानीय प्रशासनले सुरक्षाकर्मी उपलब्ध गराएपछि आफूहरुले अस्पताल बाहिरै सुरक्षाघेरामा बसेर बिरामीलाई उपचार गराइरहेको अस्पतालमा कार्यरत एक चिकित्सकले खबरहबलाई बताए ।

‘हामीले सामुहिक बिदा मागेपछि सबैतिरबाट सेवा दिनुपर्छ भनेर दवाब आयो, अस्पताल आएका बिरामीलाई सेवा नदिइ बस्न हाम्रो नैतिकताले पनि दिँदैन,’ अस्पतालमा कार्यरत एक चिकित्सकले भने, ‘हामीले अस्पताल बाहिरै सुरक्षाकर्मीको घराभित्र बसेर सेवा दिइरहेको छौं ।’

शुरुमा धम्की दिएका भनिएका प्रमुख जिल्ला अधिकारीले नै बिदामा नबस्न आग्रह गर्दै सुरक्षाकर्मी उपलब्ध गराए पछि चिकित्सकहरुले सोमबारबाट सेवामा फर्किएका हुन् ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  १२ : ३४ बजे

कृष्णभीरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

धादिङ – धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा मोटरसाइकल दुर्घटना हुँदा

सरकारले शिक्षकलाई तत्काल कार्यस्थल फर्काउने वातावरण बनाउनुपर्छ : पोखरेल

काठमाडौं – प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले सरकारले

बुटवलमा गोली प्रहारबाट घाइते युवतीको चितवनमा उपचार हुँदै

चितवन – रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा शनिबार गोली लागेर घाइते

प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित

सिरहा – सिरहा नगरपालिकामा गत माघ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत

सामाजिक सञ्जाल नियन्त्रण गर्ने तयारीमा सरकार, ४ वर्षदेखि फेसबुकमाथि प्रतिबन्ध लगाएको युगाण्डाबाट के सिक्ने ?

काठमाडौं– सरकारले फेसबुकलगायत सामाजिक सञ्जाललाई नेपालमा दर्ता हुन जारी गरेको