सञ्चार मन्त्रालयको खर्च कटौती गर्न प्रस्ताव दर्ता « Khabarhub

सञ्चार मन्त्रालयको खर्च कटौती गर्न प्रस्ताव दर्ता


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद बहादुर सिंह लामाले विनियोजन विधेयकअन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि छुट्याइएको खर्च औचित्यपूर्ण नभएको भन्दै कटौती गर्न प्रस्ताव गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजित विधेयकमाथिको छलफलमा सहभागी हुदै सांसद लामाले कार्यकर्ता पोस्ने ढंगले बजेट विनियोजन गरिएको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको खर्च रकम कटौती गर्न प्रस्ताव गरेका हुन् ।

मन्त्रालयले भ्रमण भत्तालाई विशिष्ट प्रतिनिधि मण्डल भ्रमण भत्ता समेत गरि २ ओटा शीर्षकमा भ्रमण भत्ता राखिएको भन्दै तात्कालीन राजतन्त्रमा जस्तो व्यवहार देखिएको लामाले टिप्पणी गरे ।

मन्त्रालयका लागि सीप विकास तथा जनचेतना गोष्ठी सम्बन्धी खर्च भनेर कार्यकर्ता पोस्ने काम भएको उनको आरोप छ ।

चालु आर्थिक वर्षमा १ लाख ७० हजार रकम विनियोजन गरिएको सो शीर्षकमा आगामी आर्थिक बर्षका लागि ९ करोड ५० लाख छुट्याइएको छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  २ : ५९ बजे

रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

जसपा नेपाल र लोसपाबीच एकता हुने

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

चन्दा सङ्कलन गरी ३३ फिट अग्लो शिव मूर्ति निर्माण हुँदै

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय चन्दा सङ्कलन गरी

एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न फागुन २१ गते

हात्ती ‘पेनाल्टी’ प्रतियोगितामा लक्ष्मीकली प्रथम

चितवन – सौराहामा सम्पन्न १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२