यसकारण हरेक फिल्ममा आफ्नो हेयर स्टाइल फेर्छन् शाहिद कपूर « Khabarhub

यसकारण हरेक फिल्ममा आफ्नो हेयर स्टाइल फेर्छन् शाहिद कपूर


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता शादिद कपूर पछिल्लो समय फिल्म ‘कबीर सिंह’ का कारण चर्चामा छन् । हालै उनी आफ्नो फिल्मको प्रचारका लागि भारतीय टिभी शो ‘कपिल शर्मा शो’ मा पुगेका थिए । उनले उक्त शोका दौरान आफ्ना केही व्यक्तिगत अनुभव शेयर गरे ।

शोमा शर्माले शाहिद कपूरसँग सोधे, किन तपाईंले हरेक फिल्ममा आफ्नो हेयर स्टाइल चेन्ज गर्नुहुन्छ ? यसको जवाफमा शाहिदले भने, ‘एकपटक मेरा पिता (पंकज कपूर) ले यो सुझाव दिनुभएको थियो कि, हरेक फिल्ममा नयाँ लूक्स प्रयोग गर्नुपर्छ, यही कारण मैले हरेक फिल्ममा नयाँ हेयर स्टाइल बनाउँछु ।’

साथै उनले आफ्ना बाबुले वंशानुगत गुणका कारण ४० कटेपछि कपाल झर्न सक्ने समस्या आउन सक्ने पनि बताए । उनले आफू छोटो उमेरमै हिरो बनेकोमा बुबा निकै खुशी भएको पनि खुलाए । उनले भने, ‘मलाई बुबाले सधै राम्रो गर्नका लागि प्रेरित गरिरहनुहुन्छ,’ उनले भने ।

जून महिनामा रिलिज हुने शाहिदको फिल्म ‘कबीर सिंह’ दक्षिण भारतीय फिल्म अर्जुन रेड्डीको रिमेक हो । पछिल्लो समय यो फिल्मको राम्रै चर्चा छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  १ : १५ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले