नेपालको पहिलो भू-उपग्रहलाई पृथ्वीको कक्षमा छाडियो « Khabarhub

नेपालको पहिलो भू-उपग्रहलाई पृथ्वीको कक्षमा छाडियो


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालले पहिलोपटक प्रक्षेपण गरेको भू-उपग्रहलाई आजबाट पृथ्वीको कक्षमा परिक्रमाका लागि अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रबाट छाडिएको छ ।

अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रस्थित किबो मोज्युलबाट अपरान्ह ४ बजे नेपालको पहिलो भू-उपग्रह नेपाली स्याट-१ लाई पृथ्वीको कक्षमा छाडिएको हो ।

नेपाली स्याट १ लाई सफलतापूर्वक अन्तरीक्ष कक्षमा छाडिएपछि अमेरिकी अन्तरीक्ष संस्था नासाका एस्ट्रोनट निक ह्याकले नेपाललाई बधाइ दिएका थिए ।

बर्डस परियोजना अन्तर्गत जापानको क्युटेक विश्वविद्यालयको सहयोगमा गत वैशाख ४ गते अन्तरीक्षमा प्रक्षेपण गरिएको उक्त भू-उपग्रहलाई अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रमा राखिएको थियो ।

नेपाली स्याट-१ लाई पृथ्वीको कक्षमा छाड्दै गर्दा उक्त अवसरको प्रत्यक्ष प्रसारण समेत गरिएको थियो । पृथ्वीको कक्षमा छाडिएको भू–उपग्रहले अबको तीन दिनदेखि तथ्यांकहरु दिन सुरु गर्ने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले जनाएको छ ।

नेपाली स्याट–१ लाई पृथ्वीको कक्षमा छाड्दै गर्दा जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सीले आयोजना गरेको कार्यक्रममा नेपालका शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरीराजमणी पोखरेलको पनि उपस्थिति थियो । उक्त अवसरमा मन्त्री पोखरेलले अन्तरीक्षबाट प्रत्यक्ष प्रशारण गरिएको दृष्यको अवलोकन गर्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले आकारमा सानो भएपनि यो भू-उग्रहबाट अन्तरीक्षमा नेपालको उपस्थिति देखिएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले यस कार्यक्रमले नेपाल र जापानबीचको सम्बन्ध अझ सुदृढ बनाएको पनि प्रतिक्रिया दिनुभयो ।

‘बर्डस’कार्यक्रम अन्तर्गत नेपाल सरकारको तर्फबाट नास्टले भू-उपग्रह निर्माणका लागि जापानको क्यूटेक विश्वविद्यालयसँग सहकार्य गरेको थियो । उपग्रह निर्माणका लागि नेपालको तर्फबाट इलेक्ट्रिकल र कम्युनिकसेन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जियिरिङमा विद्यावारिधी गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्के खटिएका थिए ।

पृथ्वीको भूमध्ये रेखाबाट ९० डिग्रीको कोण भएर करिब ४ सय किलोमिटर माथि रहने यो उपग्रह नेपालको आकाशमा दैनिक ५-१० मिनेटसम्म रहने बताइएको छ। स्याटालाइटमा ४३७ मेघाहर्जको यूएचएफ ब्यान्ड प्रयोग गरिएको छ। ‘ग्राउण्ड स्टेशन’मा भू–उपग्रहले पठाएको तथ्यांकहरुको विश्लेषण र संकलन गरिनेछ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ४ : १३ बजे

एमाले महाधिवेशनको उद्घाटनसत्र : १० हजार स्वयंसेवक परिचालन गरिने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा

हर्षोल्लाससहित मनाइँदै धान्यपूर्णे, योमरी पुन्ही (तस्बिरहरू)

काठमाडौं– मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन अर्थात् आज धानको विधिपूर्वक पूजाआजा

चौथो बलमै काठमाडौंलाई धक्का, ओपनर आकाश डक आउट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको पहिलो

एनपीएल : पोखरा टस जितेर बलिङमा

काठमाडौं– राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको

कैलालीका सीमानाकामा सुरक्षा जाँचमा कडाइ

अत्तरिया– कैलालीसँग जोडिएका नेपाल–भारत सीमानाकामा सुरक्षा जाँचलाई कडाइ गरिएको छ