नेपालको पहिलो भू-उपग्रहलाई पृथ्वीको कक्षमा छाडियो « Khabarhub

नेपालको पहिलो भू-उपग्रहलाई पृथ्वीको कक्षमा छाडियो


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालले पहिलोपटक प्रक्षेपण गरेको भू-उपग्रहलाई आजबाट पृथ्वीको कक्षमा परिक्रमाका लागि अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रबाट छाडिएको छ ।

अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रस्थित किबो मोज्युलबाट अपरान्ह ४ बजे नेपालको पहिलो भू-उपग्रह नेपाली स्याट-१ लाई पृथ्वीको कक्षमा छाडिएको हो ।

नेपाली स्याट १ लाई सफलतापूर्वक अन्तरीक्ष कक्षमा छाडिएपछि अमेरिकी अन्तरीक्ष संस्था नासाका एस्ट्रोनट निक ह्याकले नेपाललाई बधाइ दिएका थिए ।

बर्डस परियोजना अन्तर्गत जापानको क्युटेक विश्वविद्यालयको सहयोगमा गत वैशाख ४ गते अन्तरीक्षमा प्रक्षेपण गरिएको उक्त भू-उपग्रहलाई अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रमा राखिएको थियो ।

नेपाली स्याट-१ लाई पृथ्वीको कक्षमा छाड्दै गर्दा उक्त अवसरको प्रत्यक्ष प्रसारण समेत गरिएको थियो । पृथ्वीको कक्षमा छाडिएको भू–उपग्रहले अबको तीन दिनदेखि तथ्यांकहरु दिन सुरु गर्ने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले जनाएको छ ।

नेपाली स्याट–१ लाई पृथ्वीको कक्षमा छाड्दै गर्दा जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सीले आयोजना गरेको कार्यक्रममा नेपालका शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरीराजमणी पोखरेलको पनि उपस्थिति थियो । उक्त अवसरमा मन्त्री पोखरेलले अन्तरीक्षबाट प्रत्यक्ष प्रशारण गरिएको दृष्यको अवलोकन गर्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले आकारमा सानो भएपनि यो भू-उग्रहबाट अन्तरीक्षमा नेपालको उपस्थिति देखिएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले यस कार्यक्रमले नेपाल र जापानबीचको सम्बन्ध अझ सुदृढ बनाएको पनि प्रतिक्रिया दिनुभयो ।

‘बर्डस’कार्यक्रम अन्तर्गत नेपाल सरकारको तर्फबाट नास्टले भू-उपग्रह निर्माणका लागि जापानको क्यूटेक विश्वविद्यालयसँग सहकार्य गरेको थियो । उपग्रह निर्माणका लागि नेपालको तर्फबाट इलेक्ट्रिकल र कम्युनिकसेन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जियिरिङमा विद्यावारिधी गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्के खटिएका थिए ।

पृथ्वीको भूमध्ये रेखाबाट ९० डिग्रीको कोण भएर करिब ४ सय किलोमिटर माथि रहने यो उपग्रह नेपालको आकाशमा दैनिक ५-१० मिनेटसम्म रहने बताइएको छ। स्याटालाइटमा ४३७ मेघाहर्जको यूएचएफ ब्यान्ड प्रयोग गरिएको छ। ‘ग्राउण्ड स्टेशन’मा भू–उपग्रहले पठाएको तथ्यांकहरुको विश्लेषण र संकलन गरिनेछ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ४ : १३ बजे

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

दशरथचन्द– महाकाली नदीमा मंगलबारदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका कृष्ण

प्रधानमन्त्री वालेन्द्र संसद्को पहिलो बैठकमा जाने, सम्बोधन नगर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभाको पहिलो बैठकमा जाने भएका छन्।

विदेशी विश्वविद्यालयको सम्बन्ध लिएका कलेजको विषयमा चुइँक्क बोलेन बालेन सरकार

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले पहिलो दिनको मन्त्रिपरिषद् बैठकबाट

मन्त्री रावलले सहकारी पीडितसँग थालिन् प्रत्यक्ष संवाद, सय दिनमा बचत फिर्ताको योजना

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले

ओझेलमा भोजपुर खैराङको छत्रपति गैया

भोजपुर– यहाँको हतुवागढी गाउँपालिका–४ खैराङमा अवस्थित छत्रपति गैया (बाघ) थान