ओम अस्पतालले छोराको पढाइ खर्च व्यहोर्ने सहमतिमा रामप्यारीको अन्त्येष्टि « Khabarhub

ओम अस्पतालले छोराको पढाइ खर्च व्यहोर्ने सहमतिमा रामप्यारीको अन्त्येष्टि


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी सिन्धुपाल्चोककी ५० वर्षीया रामप्यारी थापाको शव परिवारले जिम्मा लिएका छन् ।

अस्पताल प्रशासन र मृतकका आफन्तबीच आपसी सहमति भएपछि रामप्यारीको शव आइतबार राती नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको रामप्यारीका आफन्त खड्ग श्रेष्ठले बताएका छन् ।

अस्पताल प्रशासनले आफूहरुको पनि केही कमजोरी भएको भन्दै कमजोरी स्वीकार गरी रामप्यारीको उपचार खर्चमा लागेको रकम मिनाहा गर्ने र उनका छोराको उच्च शिक्षामा सहयोग गर्ने प्रतिवद्धता जनाएपछि शव बुझेर अन्त्येष्टि गरिएको श्रेष्ठले बताए ।

‘अस्पताल प्रशासनसँग छलफल भयो, उहाँहरुले आफूहरुको कमजोरी भएको स्वीकार गर्नुभयो, छोरालाई उच्च शिक्षा अध्ययन गराइदिने भनेर सहमति भएपछि हामीले शव बुझ्यौं,’ रामप्यारीका आफन्त श्रेष्ठले खबरहबसँग भने, ‘शव लिएर आइतवार राति नै अन्तेष्टि गरियो ।’

मृतक रामप्यारीको १९ वर्षका एक छोरा छन् । उनी अहिले कक्षा १२ को परीक्षा दिएर बसेका छन् । ओम अस्पतालले रामप्यारीका छोराको उच्च शिक्षाको सम्पूर्ण शुल्क  व्यहोर्ने सहमति गरेको छ ।

अस्पताल प्रशासनले रामप्यारीको मृत्युमा दुख: व्यक्त गर्दै अस्पतालको सम्पूर्ण खर्च मिनाहा गर्ने र छोराको उच्च शिक्षाको सम्पूर्ण खर्च वेहोर्ने सर्तमा मृतकका आफन्तले अस्पतालविरुद्ध उजुरी नदिने सहमति गरेका हुन् । सोही सहमति पछि मृतकका आफन्तले शव बुझेको महानगरीय प्रहरी परिसर गौशालाका डिएसपी प्रदिप कुमार सिंहले बताए ।

सिन्धुपाल्चोककी ५० वर्षीया रामप्यारी थापाको पित्तथैलीमा भएको पत्थरी अप्रेसनका लागि चावहिलको ओम अस्पतालमा भर्ना गरिएको थियो । जेठ २४ गते ओम अस्पतालका सर्जन डा रविन कोइरालाले ल्याप्रोस्कोपीद्वारा रामप्यारीको शल्यक्रिया गरेका थिए । शल्यक्रिया भएको भोलिपल्टै रामप्यारीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाइ नर्मल वार्डबाट फेरी आइसीयूमा लगिएको थियो ।

अस्पतालले जेठ ३० गते बिहान रामप्यारीलाई मृत घोषित गरेको थियो ।

रामप्यारीको मृत्यु भएपछि चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तहरुले अस्पतालमा नाराबाजी र प्रदर्शन गरेका थिए ।  आफन्तले घटनाको छानबिन हुनुपर्ने र दोषी चिकित्सकलाई कारबाही हुनुपर्ने माग राखेर नाराबाजी गरेको बताए पनि अन्तत: अस्पतालले मृतकका आफन्तसँग आपसी सहमती गरेर घटना साम्य पारेको छ ।

ल्याप्रोस्कोपी नामक यन्त्रयले पित्तथैलीमा भएको पत्थरी निकाल्ने क्रममा आन्द्रामा प्वाल परेर संक्रमण फैलिएपछि रामप्यारीको मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ५ : ४३ बजे

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार