वेष्ट इन्डिजद्वारा बंगलादेशलाई ३२२ रनको लक्ष्य | Khabarhub Khabarhub

वेष्ट इन्डिजद्वारा बंगलादेशलाई ३२२ रनको लक्ष्य


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा क्यारेबियन टोली वेष्ट इन्डिजले बंगलादेशलाई ३२२ रनको लक्ष्य दिएको छ ।

काउन्टी ग्राउण्ड टाउनटोनमा भइरहेको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित पूरा खेल खेल्दै ८ विकेट गुमाएर ३२१ रन बनाएको हो ।

बंगलादेशविरुद्ध वेष्ट इन्डिजका ३ ब्याट्सम्यानले अर्धशतक पूरा गरे । यसैक्रममा शतक नजिक पुगेका इन्डिजका ब्याट्सम्यान साई होप ४ रनले शतक बनाउनबाट चुके । १२१ बलमा ९६ रन बनाएर खेलिरहेका उनलाई बंगलादेशका मुस्तफित्जुर रहमानको बलमा लिटन दासले क्याच गरेपछि शतक बनाउनबाट चुकेका थिए ।

इन्डिजका लागि इभान लुइसले ७० रन बनाए भने सिमरन हेटमायरले ५० रन बनाएका थिए । यस्तै, जसोन होल्डरले ३३ रन बनाउँदा निकोलस पुरनले २५ र ड्यारेन ब्राभोले १९ रन बनाए । इन्डिजविरुद्ध बंगलादेशका मुस्तफिजुर रहमान र मोहम्मद सैफिदीनले समान ३–३ विकेट लिँदा शाकिब अल हसनले दुई विकेट लिए ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ७ : १६ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’