वेष्ट इन्डिजद्वारा बंगलादेशलाई ३२२ रनको लक्ष्य « Khabarhub

वेष्ट इन्डिजद्वारा बंगलादेशलाई ३२२ रनको लक्ष्य


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा क्यारेबियन टोली वेष्ट इन्डिजले बंगलादेशलाई ३२२ रनको लक्ष्य दिएको छ ।

काउन्टी ग्राउण्ड टाउनटोनमा भइरहेको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित पूरा खेल खेल्दै ८ विकेट गुमाएर ३२१ रन बनाएको हो ।

बंगलादेशविरुद्ध वेष्ट इन्डिजका ३ ब्याट्सम्यानले अर्धशतक पूरा गरे । यसैक्रममा शतक नजिक पुगेका इन्डिजका ब्याट्सम्यान साई होप ४ रनले शतक बनाउनबाट चुके । १२१ बलमा ९६ रन बनाएर खेलिरहेका उनलाई बंगलादेशका मुस्तफित्जुर रहमानको बलमा लिटन दासले क्याच गरेपछि शतक बनाउनबाट चुकेका थिए ।

इन्डिजका लागि इभान लुइसले ७० रन बनाए भने सिमरन हेटमायरले ५० रन बनाएका थिए । यस्तै, जसोन होल्डरले ३३ रन बनाउँदा निकोलस पुरनले २५ र ड्यारेन ब्राभोले १९ रन बनाए । इन्डिजविरुद्ध बंगलादेशका मुस्तफिजुर रहमान र मोहम्मद सैफिदीनले समान ३–३ विकेट लिँदा शाकिब अल हसनले दुई विकेट लिए ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ७ : १६ बजे

बेइजिङमा ड्रोन राख्न प्रतिबन्ध

काठमाडौं- चीनको राजधानी बेइजिङले आगामी नोभेम्बर १५ देखि सहरभित्र ड्रोन

एटीएमबाट १ सय दरका नोट पनि वितरण गर्न बैंकर्स संघलाई राष्ट्र बैंकको परिपत्र

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका एटीएम मेसिनबाट

चौरचन र तीज एकै दिन परेपछि मिथिलामा बढ्यो पर्वको रौनक

धनुषा- कुम्हाले टोलमा बिहानको घाम चर्किँदै थियो तर धनुषाका क्षीरेश्वरनाथ

ग्रिन आर्मीविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ, अन्तरिम आदेशबारे छलफलका लागि बोलायो

काठमाडौं- सैन्य शैलीकै पोशाक लगाएर सार्वजनिक स्थानमा निस्किएपछि विवादमा परेको

बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको सातदिने स्वास्थ्य शिविर

काठमाडौं- बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सक्रिय आर्या फार्मा