यात्रुले विदेशबाट ल्याउन र लैजान पाउने वस्तुको नयाँ सूची यस्तो | Khabarhub Khabarhub

यात्रुले विदेशबाट ल्याउन र लैजान पाउने वस्तुको नयाँ सूची यस्तो


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले विदेश जाने र विदेशबाट फर्कने यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने सामानको नयाँ सूची हालै सार्वजनिक गरेको छ । सरकारले जेठ २५, २०७३ को सूची विस्थापित गर्दै नयाँ सूची सार्वजनिक गरेको हो ।

सरकारले नयाँ बजेटबाट नेपाली नागरिक विदेश जाँदा सौगातका रुपमा नेपालमा उत्पादन भएका ५० हजार रुपैयाँसम्मका सामानमा महसुल छुट दिएको छ। विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको एक सय ग्रामसम्मको सुनमा भन्सार महसुल लिएर जाँचपास गर्न सकिने व्यवस्था गरेको छ ।

त्यो भन्दा बढी सुन ल्याएमा भने गैरकानूनी ठहर गरी जफत हुनेछ। अर्थ मन्त्रालयले १ सय ग्राम सम्मको सुन ल्याउँदा भने पहिलो ५० ग्राममा प्रति १० ग्राम ६ हजार २ सय रुपैयाँ र ५० ग्राम भन्दा बढीमा प्रति १० ग्राम ७ हजार २ सय रुपैयाँ तिरेर भित्र्याउन पाउने व्यवस्था थियो ।

विदेशमा बसेका नेपाली यात्रुले भन्सार दरबन्दी बमोजिम लाग्ने महसुल तिरेर दुई सय खिल्लीसम्म चुरोट ल्याउन पाउनेछन् । त्योभन्दा बढी परिमाणको चुरोट ल्याएमा दोब्बर थप भन्सार लाग्नेछ ।

नयाँ नियमअनुसार भारतीय सेना प्रहरीबाट सेवा निवृत्त भई निवृत्तिभरण पाउने गरी स्वदेश फर्कँदा निवृत्त भएको कागजात पेश गर्दा एक पटकका लागि ५० हजारसम्मका निजी प्रयोगका सामानमा पूर्ण भन्सार छुटमा ल्याउन पाउने छन् ।

यदि कुनै नेपाली नागरिकको विदेश बसाईमा मृत्यु भएको भन्ने प्रमाणित भए निज र निजको परिवारका पुराना सवारी साधनबाहेकका सामान स्वदेश ल्याउँदा पूर्ण भन्सार छुट हुनेछ । अब विमानको चालक दलका सदस्यले आफ्नो निजी प्रयोजनमा प्रयोग हुने सामान बाहेक कुनै पनि सामान ल्याउन पाउने छैनन् ।

विदेशबाट नेपाल आउँदा पूर्ण भन्सार छूट हुने वस्तुको सूची

– ५० ग्रामसम्म सुनका गहना ५ सय ग्रामसम्मको चाँदीको गहना र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुन वा चाँदीका साथमा ल्याएको गहना
– गुरिया लुगाफाटो बरबिछ्यौना घर गृहस्थीका पुराना सामान
– औषधि उपचार गराई बिरामीले ल्याएको औषधि शारीरिकरुपमा अशक्त यात्रुले सहाराका रुपमा प्रयोग गरेका सामान,
– ट्यावलेट वा ल्यापटप वा डेस्कटप कम्प्यूटर, घडी, क्यामरा भिडियो क्यामरा, सेलुलर मोवाइल फोन र पेनड्राइभ एक–एक थान
– बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एकएक थान
– पेशागत यात्रुले प्रयोग गरी ल्याएको एक–एक उपकरण
– सात किलोसम्म खाद्य परिकार
– मदिरा एक लिटरसम्म

नेपाली नागरिक विदेश जाँदा सौगातका रुपमा नेपालमा उत्पादन भएका ५० हजार रुपैयाँसम्मका सामानमा महसुल छुट दिइएको छ।

वायुसेवा कम्पनीले यात्रुलाई लैजान छुट दिएको तौलसम्मको नेपाली बजारमा खरीद गरिएका सामान लैजान चाहे कानून बमोजिम शुल्क र महसुल तिरेर लैजान पाउने व्यवस्था गरिएको छ।

सीमानामा ओहोर दोहोर गरिरहने व्यक्तिका लागि भने यी छुट र सहुलियतका कुनै पनि प्रावधान लागु नहुने स्पष्ट पारेको छ। तर भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीका लागि भने साथमा लगेको वा ल्याएको एक थान ल्यापटप वा कम्प्युटरमा भने महसुल नलाग्ने उल्लेख गरिएको छ।

यस्ता छन् जहाजबाट आवतजावत गर्ने यात्रुले बोक्न पाउने सामान

– लुगाफाटा वरबिच्छ्यौना घर गृहस्थीका सामान
– दूरविन ट्यावलेट वा ल्यापटप भिडियो क्यामरा र क्यामरा पोर्टेवल म्युजिक सिस्टम एकएक थान
– घडी, साइकल पेराम्बुलेटर र ट्राइसाइकल सेलुलर मोवाइल एकएक थान
– ५० ग्रामसम्मको सुनको गहना र १ सय ग्रामसम्मको चाँदीको गहना
– पेशाकर्मीले आफूले गरी आएको कामका निम्ति ल्याएको उपकरण सामान

राहदानी बोकेका विदेशी यात्रुले ल्याउन र लैजान पाउने सामानको सूची

– २ सय खिल्ली चुरोट, एक लिटरसम्मको मदिरा वा १२ क्यानसम्म वियर,
– सिगार ५० खिल्ली, टोबाको २५० ग्राम
– १० हजार रुपैयाँ मूल्यसम्मका औषधि निषेधितबाहेक
– ५ हजार रुपैयाँ मूल्यसम्मका खानेकुरा
– २ हजार रुपैयाँसम्मका फलफूल
– नेपालमा उत्पादन भएका ५० हजार रुपैयाँसम्मका मालवस्तु ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ६ : १३ बजे

प्रधानमन्त्री ‘फ्युचर फर समिट’मा सहभागी

वासिङटन – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा

अमेरिकामा सामूहिक गोलीबारीमा चारको मृत्यु

बर्मिङ्घम – अलाबामाको बर्मिङ्घमस्थित एक लोकप्रिय नाइट लाइफ (रात्रि जीवन)

नेपाल आएका तेलगु स्टार प्रकाश राज छायांकनमा जोडिए

काठमाडौं- दक्षिण भारतीय फिल्म ‘ज्याक’को टोली छायांकनका लागि करिब एक

विश्वकप लिग–२ : क्यानडाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं – विश्वकप लिग–२ मा क्यानडाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गर्नुपर्छ : देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले समावेशी समानुपातिक प्रणालीलाई