महर्षि वात्स्यायनका अनुसार नारीका चार रुप « Khabarhub

महर्षि वात्स्यायनका अनुसार नारीका चार रुप


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महर्षि वात्स्यायनद्वारा लिखित तथ विश्व प्रसिद्द् प्राचीन ग्रन्थ हो–कामसूत्र । सात भाग (अधिकरण),३६ अध्याय, ६४ प्रकरणमा बाडिएको यो ग्रन्थ स्त्री र पुरुष दुवैले समान रूपमा अध्ययन र मनन गर्नु पर्ने बताइएको छ ।

स्त्री पुरुषको सम्बन्ध र रतिरागका विषयमा विवेचना गरिएको यस ग्रन्थको प्रभाव भारतीय कला, शिल्पकला एवं साहित्यमा पनि देखिन्छ। महर्षि वात्सायनले आफ्नो कृति कामसूत्रमा नारीलाई चार प्रकारमा वर्गीकरण गरेका छन्, ती हुन्–

पद्मिनी– यस वर्गका स्त्रीको शरीर न धेरै अग्लो न धेरै होचो अर्थात् ठिक्कको हुन्छ। स्त्रीमध्ये यी सर्वश्रेष्ठ वर्गमा पर्छन्। यिनका आँखा हरिणका जस्ता, तिलको फूलजस्तो सलक्क परेको स–साना पोहरा भएका नाक हुन्छन्। मुहार पूर्णिमाको चन्द्रमाको जस्तो चम्किलो र बोली विनम्र हुन्छ।

केशराशि कालो र चिल्लो हुन्छ अनि शरीरबाट कमलको सुगन्ध आउँछ। यिनको कम्मर सिंहको जस्तो खिरिलो, कमलको फूलको नालजस्ता पातला लामा औँला भएका, झन्डै घुँडासम्म छोइने सिलिक्क परेको हात । गुलाफी ओठ, धनुषजस्तो आँखीभौँ अनि राजहंशजस्तो लचकदार चाल हुन्छन् ।

चित्रिणीः यस वर्गमा पर्ने नारीका सबै अङ्ग सुन्दर हुन्छन् । यिनको उचाइ, मोटाइ, स्तर, केशराशि र नाक–नक्सा पनि पद्मिनी वर्गकै स्त्रीको जस्तो हुन्छ। तर, यिनका आँखा ठूला र मादकतापूर्ण हुन्छन्। शरीरको रङ सुनझैँ पहेँला, मोटा तिघ्रा र छरितो शरीर हुन्छ। यिनको शरीरबाट महको सुगन्ध आउँछ।

शङ्खिनी– यस वर्गका स्त्री पनि पद्मिनी वर्गका जस्तै मृगनयनी हुन्छन्। तर, आँखा पद्मिनीभन्दा केही ठूला र हेर्दा शीतल दिने खालका हुन्छन्। यिनका वक्ष कठोर र ठूला हुन्छन्। अनि, शरीरबाट खरानीको गन्ध आउँछ। यिनको घाँटीमा तीनवटा रेखा हुन्छन्। यी मृदुभाषी र निर्भयी हुन्छन्।

हस्तिनी– यी शारीरकि रूपमा मोटा र अग्ला हुन्छन्। रक्तिम आँखा भएका, केशराशि ठाडा, खस्रा, मोटा, कैला र हाँगा फाटेका हुन्छन्। यिनको नाकको पोहरा ठूल्ठूला मोटा, काँध साना र मोटा हुन्छन् भने यिनको शरीरबाट मदिराको गन्ध आउँछ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ६ : ४१ बजे

सुकुम्बासी बस्तीमा बालेनको डोजर आतंकले रास्वपालाई पार्न सक्छ समस्या

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरका रुपमा काम गर्दा थापाथलीस्थित बागमती किनारसहिका

निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा

कुवेतको रक्षा प्रणालीले खसालिदियो तीन अमेरिकी एफ-१५ फाइटर जेट

कुवेत- अमेरिकी सेनाको सेन्ट्रल कमान्डले कुवेतले आफ्ना तीनवटा फाइटर जेट

अपडेट : निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना, एक जनाको मृत्यु

मन्थली– रामेछाप नगरपालिका–२ मा निर्वाचन सामग्री र निर्वाचनमा खटिने कर्मचारी

इरान युद्धको असर पूरै मध्यपूर्वमा, नेपाली र भारतीयसमेत ६०६ जना मारिए

काठमाडौं- यही शनिबारदेखि इजरायल र अमेरिकाले इरानमा थालेको आक्रमणका क्रममा