छठको कार्यक्रममा सहभागी हुन नसकेको भन्दै गगनले आयोजकसँग मागे क्षमा | Khabarhub Khabarhub

छठको कार्यक्रममा सहभागी हुन नसकेको भन्दै गगनले आयोजकसँग मागे क्षमा


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले औपचारिक कार्यक्रममा सहभागी हुन नसकेको भन्दै क्षमा मागेका छन् ।

सोमबार छठको शुभकामना दिँदै महामन्त्री थापाले दशैँ, तिहार र नेपाल संवत्सँगै छठको सार्वजनिक कार्यक्रममा सहभागी हुन नसकेको भन्दै क्षमा मागेका हुन् । निम्तो गर्ने आयोजकप्रति आभार प्रकट गर्दै उनले यस्तो बताएका हुन् ।

थापाले फेसबुकमा लेखेका छन्, ‘यो वर्ष दशैं, तिहार र नेपाल संवत्‌जस्तै छठका सार्वजनिक कार्यक्रममा सहभागी हुन नसक्ने भएकाले क्षमा चाहन्छु। मलाई निम्तो गर्नु भएका काठमाडौं र मधेशका सबै छठ आयोजक मित्रलाई हार्दिक आभार प्रकट गर्दछु।’

महामन्त्री थापाले अर्को वर्षसँगै छठ मनाउनेसमेत बताएका छन् । ‘अर्को वर्षसँगै छठ मनाउने अभिलाषासहित छठी माईको दिव्य आशीर्वाद सबैमा रहोस्’, उनले फेसबुकमा लेखेका छन्।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १० : ५७ बजे

हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थानान्तरण

मुस्ताङ– एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै

हङकङ सिक्सेस : यूएईले नेपाललाई दियो १३० रनको चुनौती

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा यूएईले नेपाललाई १३०

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गोरखामा माइक्रोबस दुर्घटनामा हुँदा १७ जना घाइते

गोरखा – सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको माइक्रोबस दुर्घटनामा चालकसहित

हङकङ सिक्सेसः यूएईविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा अहिले नेपालले यूएईसँग