यस्तो छ नयाँ करको दायरा : कति कमाउनेलाई कति कर ? « Khabarhub

यस्तो छ नयाँ करको दायरा : कति कमाउनेलाई कति कर ?


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आर्थिक वर्ष २०७६/७७ को आज पहिलो दिन । आजबाट सरकारले ल्याएको नयाँ नीति तथा बजेट अनुसार सरकारी कामकारबाही प्रक्रिया अघि बढ्नेछन । योसँगै आजैबाट हामीले सरकारलाई बुझाउनु पर्ने राजश्व पनि हेरफेर हुनेछ भने सरकारले बजेट घोषणा गर्दा उल्लेख गरेका विषय आजबाट कार्यान्वयनमा आउने छन्।

त्यसमा पनि आम सर्वसाधारणको चासोको विषय हो सरकारलाई बुझाउनु पर्ने आयकर । हामीले जागिर खानेले नियमित मासिक रुपमा अनि उद्योगी व्यापारीले उद्योग व्यवसाय नवीकरण गर्दा वार्षिक अर्धवार्षिक रुपमा आम्दानी कर बुझाउने गरिन्छ ।

यसरी बुझाउने आम्दानी करको दायरा पनि आजबाट नयाँ हुने छ । ‘आर्थिक विधेयक २०७६’ मा गरिएको व्यवस्था अनुसार सरकारलाई तिर्नुपर्ने आयकरको अवस्था यस्तो छ:

सरकारले विवाहित र अविवाहितका लागि बेग्लाबेग्लै करको दायरा तय गरेको छ । जस अन्तर्गत अविवाहितहरुले वार्षिक ४ लाख रुपैयाँसम्मको कमाईमा १ प्रतिशतको दरमा ४ हजार रुपैयाँ तिर्नुपर्छ ।

त्यस्तै ४ लाखदेखि ५ लाख रुपैयाँसम्मको हकमा १० प्रतिशतको दरमा थप १ लाखको १० हजार गरी १४ हजार रुपैयाँ तिर्नुपर्छ । ५ लाख रुपैयाँदेखि ७ लाख रुपैयाँसम्मको हकमा २० प्रतिशतका दरले थप ४० हजार गरी ५४ हजार रुपैयाँ रुपैयाँ तिर्नुपर्छ । ७ लाख २० हजार रुपैयाँसम्मको हकमा ३० प्रतिशतको दरले थप ३ लाख ९० हजार गरी ४ लाख ४४ हजार रुपैयाँ रुपैयाँ तिर्नुपर्छ ।

२० लाखभन्दा बढी आम्दानीको हकमा भने ७ लाखदेखि २० हजार रुपैयाँमा लागेको ३० प्रतिशत करमा थप २० प्रतिशत अर्थात् ३६ प्रतिशतका दरले आयकर तिर्दै जानुपर्छ । यसको अर्थ २१ लाख आम्दानी हुनेले ४ लाख ८० हजार रुपैयाँ कर तिर्नुपर्ने हुन्छ ।

विवाहितहरुका लागि करको दायर थोरै फराकिलो बनाइएको छ । ४ लाख ५० हजार रुपैयाँसम्ममा १ प्रतिशतका दरले ४ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ ।
४ लाख ५० हजारदेखि ५ लाख ५० हजार रुपैयाँसम्म थप १० प्रतिशतका दरले १० हजार गरी १४ हजार ५ सय रुपैयाँ पर्छ । ५ लाख ५० हजारदेखि ७ लाख ५० हजार रुपैयाँसम्मको हकमा थप २० प्रतिशतका दरले ४० हजार गरी ५४ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ ।

७ लाख ५० हजारदेखि २० लाख रुपैयाँसम्ममा थप ३० प्रतिशतका दरले ३ लाख ७५ हजारसमेत गरी ४ लाख २९ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ । २० लाखभन्दा बढीको आम्दानीमा भने ७ लाख ५० हजारदेखि २० लाख रुपैयाँमा लागेको ३० प्रतिशत करमा थप २० प्रतिशत अर्थात् ३६ प्रतिशतका दरले आयकर तिर्दै जानुपर्छ । यसको अर्थ २१ लाख ५० हजार रुपैयाँ आम्दानी हुनेले ४ लाख ६५ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ६ : ४७ बजे

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी