यस्तो छ नयाँ करको दायरा : कति कमाउनेलाई कति कर ? « Khabarhub

यस्तो छ नयाँ करको दायरा : कति कमाउनेलाई कति कर ?


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आर्थिक वर्ष २०७६/७७ को आज पहिलो दिन । आजबाट सरकारले ल्याएको नयाँ नीति तथा बजेट अनुसार सरकारी कामकारबाही प्रक्रिया अघि बढ्नेछन । योसँगै आजैबाट हामीले सरकारलाई बुझाउनु पर्ने राजश्व पनि हेरफेर हुनेछ भने सरकारले बजेट घोषणा गर्दा उल्लेख गरेका विषय आजबाट कार्यान्वयनमा आउने छन्।

त्यसमा पनि आम सर्वसाधारणको चासोको विषय हो सरकारलाई बुझाउनु पर्ने आयकर । हामीले जागिर खानेले नियमित मासिक रुपमा अनि उद्योगी व्यापारीले उद्योग व्यवसाय नवीकरण गर्दा वार्षिक अर्धवार्षिक रुपमा आम्दानी कर बुझाउने गरिन्छ ।

यसरी बुझाउने आम्दानी करको दायरा पनि आजबाट नयाँ हुने छ । ‘आर्थिक विधेयक २०७६’ मा गरिएको व्यवस्था अनुसार सरकारलाई तिर्नुपर्ने आयकरको अवस्था यस्तो छ:

सरकारले विवाहित र अविवाहितका लागि बेग्लाबेग्लै करको दायरा तय गरेको छ । जस अन्तर्गत अविवाहितहरुले वार्षिक ४ लाख रुपैयाँसम्मको कमाईमा १ प्रतिशतको दरमा ४ हजार रुपैयाँ तिर्नुपर्छ ।

त्यस्तै ४ लाखदेखि ५ लाख रुपैयाँसम्मको हकमा १० प्रतिशतको दरमा थप १ लाखको १० हजार गरी १४ हजार रुपैयाँ तिर्नुपर्छ । ५ लाख रुपैयाँदेखि ७ लाख रुपैयाँसम्मको हकमा २० प्रतिशतका दरले थप ४० हजार गरी ५४ हजार रुपैयाँ रुपैयाँ तिर्नुपर्छ । ७ लाख २० हजार रुपैयाँसम्मको हकमा ३० प्रतिशतको दरले थप ३ लाख ९० हजार गरी ४ लाख ४४ हजार रुपैयाँ रुपैयाँ तिर्नुपर्छ ।

२० लाखभन्दा बढी आम्दानीको हकमा भने ७ लाखदेखि २० हजार रुपैयाँमा लागेको ३० प्रतिशत करमा थप २० प्रतिशत अर्थात् ३६ प्रतिशतका दरले आयकर तिर्दै जानुपर्छ । यसको अर्थ २१ लाख आम्दानी हुनेले ४ लाख ८० हजार रुपैयाँ कर तिर्नुपर्ने हुन्छ ।

विवाहितहरुका लागि करको दायर थोरै फराकिलो बनाइएको छ । ४ लाख ५० हजार रुपैयाँसम्ममा १ प्रतिशतका दरले ४ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ ।
४ लाख ५० हजारदेखि ५ लाख ५० हजार रुपैयाँसम्म थप १० प्रतिशतका दरले १० हजार गरी १४ हजार ५ सय रुपैयाँ पर्छ । ५ लाख ५० हजारदेखि ७ लाख ५० हजार रुपैयाँसम्मको हकमा थप २० प्रतिशतका दरले ४० हजार गरी ५४ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ ।

७ लाख ५० हजारदेखि २० लाख रुपैयाँसम्ममा थप ३० प्रतिशतका दरले ३ लाख ७५ हजारसमेत गरी ४ लाख २९ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ । २० लाखभन्दा बढीको आम्दानीमा भने ७ लाख ५० हजारदेखि २० लाख रुपैयाँमा लागेको ३० प्रतिशत करमा थप २० प्रतिशत अर्थात् ३६ प्रतिशतका दरले आयकर तिर्दै जानुपर्छ । यसको अर्थ २१ लाख ५० हजार रुपैयाँ आम्दानी हुनेले ४ लाख ६५ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ६ : ४७ बजे

बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत

काठमाडौं– लगानी बोर्डले बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् परियोजना (४३९ मेगावाट)

हर्मितले ब्याटिङ उकास्दा सुदूरपश्चिमले काठमाडौंलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको खेलमा सुदूरपश्चि रोयल्सले

सुदूरपश्चिमलाई संकटबाट उद्धार गरेर आउट भए हर्मित सिंह

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको खेलमा काठमाडौंविरुद्ध सुदूरपश्चिमका

एमालेलाई प्रधानमन्त्रीको चेतावनी : निर्वाचनबाट भाग्ने कोसिस नगर्नू, देशले अर्को अस्थिरता थेग्दैन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ मा निर्धारित प्रतिनिधिसभा

एमसीसी नेपाल कम्प्याक्टका लागि अमेरिकाले ५० मिलियन अमेरिकी डलर थप्ने

काठमाडौं- नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन परियोजनामा अमेरिकाले ५० मिलियन