तपाईलाई हृदयघातको खतरा त छैन ? आफै यसरी थाहा पाउनुस् | Khabarhub Khabarhub

तपाईलाई हृदयघातको खतरा त छैन ? आफै यसरी थाहा पाउनुस्


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुटु सम्बन्धी समस्याका कारण धेरै मानिसहरु पीडित बनेका छन् । यो अहिले विश्वव्यापी समस्या बनेको छ ।

अस्वस्ठकर खानपान, अव्यवस्थित जीवनशैली, धुमपान मध्यपान, शारीरिक श्रमको कमी आदी कारणले मुटुसम्बन्धी समस्याहरुमा बृद्धि भएको छ । जसका कारण हृदयघातको जोमिख बढिरहेको छ ।

हृदयघात यस्तो समस्या हो जसका कारण सामान्य अवस्थामा स्वस्थ देखिएको मानिसको तत्काल मृत्यु हुने अवस्था बन्न सक्छ । त्यसैले मुटुको रोगबारे सचेत रहन जरुरी छ भने बेलाबेलामा मुटुको जाँच गर्न पनि जरुरी छ ।

हृदयघातका धेरै कारणहरु हुन्छन् । ती मध्ये प्रमुख १० कारणहरु तल उल्लेख गरिएको छ देखाइएका हुन् । त्यसमध्ये धुम्रपानको सेवन र उच्च कोलेस्ट्रोल सबभन्दा प्रमुख २ कारणहरु हुन् ।

नेपाल लगायत संसारका ५० भन्दा बढी देशहरुमा गरिएको एउटा रोचक अध्ययन (INTERHEART)को अनुसार यी दुई कारणहरु सबभन्दा बढी खतरनाक भएको पाइएको छ ।

५५ वर्ष भन्दा बढीका पुरुष र ६५ वर्ष भन्दा बढीका महिलालाई हृदयघातको खतरा बढी हुन्छ ।

त्यसैगरी पुरुषलाई हृदयघातको खतरा महिलामा भन्दा बढी भएको पाइन्छ । त्यसमा पनि ५० वर्ष भन्दा मुनिका महिलामा हृदयघात कम हुने गरेको पाइन्छ ।

वंशानुगत (Genetic) वा मानसिक तनावलाई पनि हिजोआज हृदयघातको महत्वपूर्ण कारणको रुपमा मानिन थालिएको छ ।

धेरैजसो अवस्थामा हृदयघातको निश्चित कारण भेटाउन सकिन्छ । तर कहिलेकाँही हृदयघातको कारण पत्ता नलाग्न पनि सक्छ ।
लगभग ९० प्रतिशत भन्दा बढी बिरामीमा हृदयघातको कारण पत्तालगाउन सकिन्छ । धेरैजसो अवस्थामा १ भन्दा बढी कारणहरु संगै भएका पाइन्छन् ।

हृदयघातका अनेक कारणहरु मध्ये चुरोटको सेवन, उच्च कोलेस्ट्रोल, मधुमेह र उच्च रक्तचाप नै प्रमुख हुन् ।

निम्नलिखित प्रश्नहरुको उत्तरमा “गर्छु वा छ” भने, हृदयघातको सम्भावना बढी भएको बुझिन्छ । कसैलाई एक भन्दा बढी कारणहरु (रिस्क फैक्टर्स) छन् भने, हृदयघातको खतरा झन बढी हुन्छ ।

के तपाई धुम्रपान गर्नुहुन्छ ?
के तपाईलाई मधुमेह छ ?
के तपाईलाई उच्च रक्तचाप छ ?
के तपाईको रगतमा कोलेस्ट्रोलको स्तर बढी छ ?
के तपाईलाई मोटोपना छ वा कम्मर वरिपरि धेरै बोसो छ ?
के तपाईको आमाबुबा, दिदीबहिनी वा दाजुभाईलाई हृदयघात भएको छ ?
के तपाई अत्यधिक मदिराको सेवन गर्नुहुन्छ ?
के तपाईलाई डिप्रेसन वा मानसिक तनाव छ ?

धुम्रपानः धुम्रपानले हृदयघातको खतरा २ देखि ४ गुणा बढाउछ । जति धेरै धुम्रपान गर्नुहुन्छ, हृदयघातको खतरा त्यति नै धेरै हुन्छ ।

सानै उमेरदेखि धुम्रपान गरेमा खतरा झन् बढी हुन्छ । मधुमेह, उच्च रक्तचाप र उच्च कोलेस्ट्रोल भएका व्यक्तिले चुरोट ÷ बिडीको सेवन गरेमा हृदयघातको खतरा अत्यन्तै धेरै हुन्छ ।

उच्च कोलेस्ट्रोलः उच्च कोलेस्ट्रोलले हृदयघातको खतरा लगभग ३ गुणा बढाउछ । कोलेस्ट्रोलको मात्रा रगतमा जति धेरैहुन्छ, हृदयघातको खतरा पनि त्यति नै बढी हुन्छ ।

युवा अवस्थामा देखिने हृदयघातका दुई प्रमुख कारणहरु मध्ये एउटा उच्च कोलेस्ट्रोल र अर्को धुम्रपान नै हो ।

मधुमेहः मधुमेहले हृदयघातको खतरा २ देखि ३ गुणा बढाउछ । लामो समयदेखि मधुमेह भएको व्यक्तिलाई यसको खतरा झन् बढी हुन्छ ।

मधुमेह रोगीमा रक्तचाप र कोलेस्ट्रोलको राम्रो नियन्त्रण नभएमा हृदयघातको खतरा झन बढी हुन्छ ।

उच्च रक्तचापः रक्तचापको नियन्त्रण नगरेमा हृदयघातको खतरा २ गुणा बढी हुन्छ ।

मोटोपनाः मोटोपना वा कम्मर वरिपरि धेरै बोसो भएमा हृदयघातको खतरा बढी हुन्छ ।

परिवारमा कसैलाई हृदयघात भएकोः आमाबुबा, दिदीबहिनी वा दाजुभाई कसैलाई कम उमेरमा (पुरुषलाई ४५ वर्ष वा महिलालाई ५५ वर्षभित्र) हृदयघात भएको छ भने, अन्य सदस्यालाई पनि हृदयघात हुने खतरा बढी हुन्छ ।

अत्यधिक मदिराको सेवनः नियमित रुपमा अत्यधिक मदिराको सेवन गर्नु वा एक दिनमै धेरै मदिराको सेवन गर्नु (Binge Drinking) ले पनि हृदयघात निम्त्याउन सक्छ ।

डिप्रेसन वा मानसिक तनावः परिवार, कार्यालय वा अर्थ ब्यवस्थासग सम्बन्धित तनावले पनि हृदयघात निम्त्याउन सक्छ ।

डिप्रेसनले पनि हृदयघात खतरा बढाउछ । तपाईलार्ईं पनि डिप्रेसन वा अत्यधिक मानसिक तनाव छ कि छैन बिचार गर्नुहोस् ।

यदि तपाईलाई माथि उल्लेखित १ भन्दा बढी (Risk Factors) कारणहरु छन् भने, हृदयघातको खतरा धेरै गुणा बढी हुन्छ ।

यदी तपाईं सँग यस्ता केही जोखिम हरु छन्न र तपाईंले त्यस्लाई राम्रो नियन्त्रणमा राख्नु भएको छ भन्ने हार्टअटेक को जोखिम अत्यन्त न्यून हुन्छ। खानपिन , जीवनशैली र वा औषधी जुन माध्यम ले भएपनी यि जोखिम हरुलाई राम्रो नियन्त्रण मा सधैं राख्नु हार्ट अटेक रोक्ने सर्वोत्तम उपाय मानिन्छ ।

डा. ओममूर्तिअनिल डटकमबाट

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  १ : २५ बजे

रविको रिहाइका ३ सन्देश, ७ प्रश्न

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिहीबार कास्की जिल्ला

प्रधानमन्त्रीलाई खानेपानी मन्त्रालयको ‘ब्रिफिङ’

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले खानेपानी मन्त्रालयका सुधारका काम

साप्ताहिक ब्रिफिङ : रवि धरौटीमा रिहा, जथाभावी लेखे एमालेबाट निकालिने, डढेलोले लस एन्जलस तहसनहस

काठमाडौं– आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार एक साताका

ट्रम्पसँग वार्ताका लागि पुटिन तयार : क्रेमलिन

एजेन्सी – क्रेमलिनले शुक्रबार राष्ट्रपति भ्लादिमिर पुटिन डोनाल्ड ट्रम्पसँग वार्ताका

साताको कार्टुन : कुलमानलाई हटाएर टुकी बाल्छन् ओली

काठमाडौं- पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई